कमल ।

कमलनगर जेसीजको १० औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कर्यक्रम सम्पन्न भएको छ ।
कमल ५ स्थित रोड स्टार पार्टी प्यालेसको सभाहलमा सम्पन्न कार्यक्रमको उद्घाटन कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गर्नु भएको थियो । गत पुस २७ गते सम्मपन्न ११ औं वार्षिक साधारण सभा बाट वर्ष २०२६ का लागी नवनिर्वाचित समितिलाई पद हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा जेसीजले सञ्चालन गरेका विभिन्न गतिविधीलाई सफता पुर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने पुर्व अध्यक्ष, आजिवन सदस्य र विभिन्न कार्यक्रमका संयोजक लगायतलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
कमल गाउँपालिकाका अध्यक्ष राईले कमल नगर जेसीजले सामजिक कार्य मार्फत समाज रुपान्तरणकालागी गरेको योगदानको प्रशंसा गर्दै नव निर्वाचित समितिले आगामी दिनमा अझ शसक्त रुपमा अगाडी बड्न सुझाव सहित नव निर्वाचित समितिलाई कार्यकाल सफलताको बधाई तथा शुभकामना दिनुभयो ।

वर्ष २६ का लागी अध्यक्ष देवराज भण्डारी (महेश), कार्यकारिणी उपाध्यक्ष कमल कटुवाल र प्रभात मण्डल,कानूनी सल्लाहकार हरि अधिकारी ,महासचिव मनिषा कठायत र कोषाध्यक्ष अर्चना कार्की निर्वाचित हुनुभएको निर्वाचन आयुक्त रिजु कार्कीले जानकारी दिनुभयो ।
त्यसैगरी उपाध्यक्ष विशाल कार्की, ऐश्वरा चौहान, भीम कुमारी (रन्जना) बस्नेत र शम्भु निरौला ,तालिम निर्देशक मिलन पौडेल,प्रकरण निर्देशक भुमिका चापागाईं,जनसम्पर्क अधिकारी डिजा घिमिरे र सचिव विजय खतिवडा निर्वाचित हुनुभएको आयुक्त कार्कीले बताउनुभयो ।
कार्यक्रममा जेसीजका पूर्व अध्यक्ष , अजिवन सदस्य, छिमेकी पालिकाका समकालिन तथा पुर्व अध्यक्ष, वडा अध्यक्ष , विभिन्न संघसस्थाका प्रतिनिधी, सामाजिक व्याक्तित्व लगायतको उपस्थिती रहेको थियो ।
वर्ष २५ का अध्यक्ष भीम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव मिलन सापकोटाले सञ्चालन गर्नु भएको थियो भने मनिषा कठायतले स्वागत गर्नू भएको थियो ।
सोही अवसरमा पूर्व अध्यक्ष केदार कटुवालको अध्यक्षतामा अध्यक्ष क्लव समेत गठन गरिएको छ ।






























