सुनसरी ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ तीनकुनेबाट प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी भरोलबाट खटिएको प्रहरी गस्ती टोलीले को २१ प १४९० नम्बरको मोटरसाईकलमा सवार धरान–१७ का नबिन तामाङ र प्रेम जोगीलाई प्रतिबन्धित लागू औषध ट्रामाडोल तीन हजार ७३० क्याप्सुल र नाईट्राजाम १५० ट्याब्लेट सहित पक्राउ गरेको छ ।
पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।































