राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

0
12
कमल ।
झापाको कमल गाउँपालिकामा  पालिका स्तरीय १६ औं  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।
 कमल ५ स्थित आदिबासी रङ्गशालामा आज बाट सुरु भएको रनिङ शिल्ड  प्रतियोगिताको आगामी माघ १७ गते  सम्पन्न हुनेछ । प्रतियोगिताको  अन्तरगत आज पहिलो दिन एथलेटिक्स तर्फका सबै खेल बिहान  ११ बजे देखि र भलिबल तर्फका सबै प्रतियोगिता दिउसो १२ बजे देखि आदिवासी रंगशालामा शुरु  भएका छन् ।
त्यसैगरी  कबड्डि तर्फका सबै खेल माघ १६ गते बिहान ९ बजेदेखि आदिवासी रंगशालामा हुने शिक्षा तथा खेलकुद शाखाका अधिकृत रविन गौतमले जानकारी दिनुभयो ।
त्यस्तै  तेक्वान्दो तर्फमा सबै खेल  माघ १६ गते बिहान १० बजेदेखि  र कराँते  तर्फमा सबै  प्रतियोगिता  माघ १७ गते बिहान ९ बजेदेखि कमल ५ स्थित मङलमय माध्यमिक विध्यालयको प्राङगणमा हुने अधिकृत गौतमले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here