वीरता जेसीजको ४५औँ पदहस्तान्तरण तथा पुरस्कार वितरण सम्पन्न

0
4

लोकचन्द्र श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति

झापा, वीरता जेसीजको ४५औँ पदहस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।
वीरता जेसीज सन २०२५ का अध्यक्ष युवराज कुँवरको अध्यक्षता तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वर्ष २०२६ का लागि लोकचन्द्र श्रेष्ठ(एलसी)को अध्यक्षतामा निर्वाचत नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिएको हो । 
वीरता जेसीज सन २०२५ का अध्यक्ष कुँवरको गलामा रहेको चेन सन २०२६ का अध्यक्ष श्रेष्ठको गलामा परि¥याउँदै पद हस्तान्तरण गरिएको थियो ।
पानसमा दीप प्रज्वलन तथा जेसीआईका संस्थापक हेनरी गेसनवियरको तस्बिरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा बसन्त ढकालले जेसीज आस्था वाचन गरेका थिए भने जुनियर रेश्मा चिमरियाले जेसीआईको मिसन तथा भिजन प्रस्तुत गरेकी थिइन् । कार्यक्रम संयोजक जेसी अमरजित शाहले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
समारोहमा विभिन्न विधाका पुरस्कार प्रदान गरिएको थियो । दमन्ता रिमाल स्मृति उत्कृष्ट जेसीज पुरस्कार–२०२५ संघ–संस्था समन्वय संयोजक भूपेन्द्र भण्डारीलाई प्रदान गरिएको छ । पुरस्कार संस्थापक बसन्त रिमालले पुरस्कार घोषणा तथा वितरण गरेका थिए ।

त्यसैगरी मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२५ पूर्वाञ्चल दैनिकका सह–सम्पादक सुरेन्द्र भण्डारी र बिर्तामोड झापा डटकमका सञ्चालक टीकाराम बाँस्तोलालाई संयुक्त रूपमा प्रदान गरिएको थियो । त्यस्तै स्व. दिलिपकुमार शर्मा स्मृति वीरता जेसीज सक्रिय पूर्व अध्यक्ष पुरस्कार–२०२५ सिनेटर जेसी घनश्याम चौधरी (अध्यक्ष–२०२३) लाई प्रदान गरिएको छ ।
कार्यक्रममा वर्ष २०२५ का अध्यक्ष युवराज कुँवरले उत्कृष्ट जेसीज अवार्ड–२०२५ प्रदान गरेका थिए । सो अवार्ड उपाध्यक्ष अजय कुमार चौधरीले ग्रहण गरेका थिए ।
त्यसैगरी जेसीज अभियानमा दीर्घकालीन योगदान पु¥याउँदै वीरता जेसीजलाई राष्ट्रियस्तरमा उत्कृष्ट शाखाका रूपमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै वीरता जेसीज सन् २०१८ का अध्यक्ष, नेपाल जेसीज सन् २०१९ का राष्ट्रिय तालिम आयुक्त तथा वीरता जेसीज सन् २०२५ का प्रमुख सल्लाहकार एकराज गिरीलाई विशेष सम्मान प्रदान गरिएको थियो ।सम्मानित गिरी नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष हुन भने पूर्वाञ्चm दैनिकका प्रधान सम्पादक हुन् ।
यसैबीच निर्वाचन अधिकृत तथा निवर्तमान अध्यक्ष विकास बस्नेतको संयोजनमा जुनियर जेसीज तथा वीरता जेसीजको नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरिएको थियो ।
जुनियर जेसीज वर्ष २०२६ को अध्यक्षमा साहिल ढकाल चयन भएका छन् । उनका साथ कार्यकारिणी उपाध्यक्षमा युनिष कार्की र रियान जोयल श्रेष्ठ चयन भएका छन् । उपाध्यक्षहरूमा समिर घिमिरे, रिजन फुयल, हनि अग्रवाल र कञ्चन राजवंशी रहेका छन् । जनसम्पर्क अधिकारीमा सुप्रिना संग्रौला, तालिम संयोजकमा दिवस पौडेल, संयुक्त सचिवमा लुना ओली तथा प्रकरण निर्देशकमा रेश्मा चिमरिया चयन भएका छन् । वर्ष २०२५ का अध्यक्ष अश्मित गोसाईले अध्यक्ष साहिल ढकाललाई चेन हस्तान्तरण गर्दै पदभार सुम्पिएका थिए ।
त्यसैगरी वीरता जेसीज वर्ष २०२६ को अध्यक्षमा लोकचन्द्र श्रेष्ठ चयनले आफ्नो कार्यसमितिका पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए । वीरता जेसीज बिर्तामोडका लागि वर्ष २०२६ मा उपाध्यक्षहरूमा विवेक खड्का, नवराज अधिकारी, विश्वजित हलवाई र विजय चौधरी रहेका छन् ।
जनसम्पर्क अधिकारीमा अजय चौधरी, तालिम संयोजकमा विज्ञानराज पौडेल, संयुक्त सचिवमा पुष्प भण्डारी तथा कार्यकारिणी उपाध्यक्षमा पुकार बराल र प्रज्वल विमली चयन भएका छन् ।
कार्यक्रममा वर्ष २०२५ का अध्यक्षकी प्रथम महिला सनम शिवाकोटी र वर्ष २०२६ का अध्यक्षकी प्रथम महिला पुजन श्रेष्ठबीच मायाको चिनो साटासाट गरिएको थियो ।
यसैबीच अध्यक्ष श्रेष्ठले बोर्डका रिक्त पदमा मनोनयन गरी बोर्डलाई पूर्णता दिएका थिए ।
कार्यक्रममा वीरता जेसीजका संस्थापक अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य गोपाल कुमार बस्नेत, पूर्व अध्यक्ष तथा संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटी, प्रमुख अतिथि जीवन कार्कीलगायतले शुभकामना मन्तव्य राख्दै जेसीज अभियानले युवाहरूको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here