अन्तरपालिका यु–१८ फुटबल प्रतियोगितामा भद्रपुर विजयी

0
6

अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिकामा जारी अन्तरपालिका यु–१८ नकआउट फुटबल प्रतियोगिता–२०८२को बिहीबार सम्पन्न खेलमा भद्रपुर नगरपालिका विजयी भएको छ ।

अर्जुनधारा–७स्थित अर्जुनधारा खेलमैदानमा कनकाई नगरपालिकालाई सडनडेथमा ६–५ गोल अन्तरले पराजित गर्दै भद्रपुर विजयी भएको हो । निर्धारित समयमा दुवै टिमबाट २–२ गोलको बराबरीमा खेल सम्पन्न भएपछि खेलको निर्णय टाइब्रेकर हुँदै सडन डेथबाट भएको थियो । टाइब्रेकरमा पनि दुवै टिमबाट ५–५ गोलको बराबरी भएको थियो ।

खेलमा कनकाईको लागि आदित्य बाँनियाले सातौं र ५१औं मिनेटमा तथा भद्रपुरको लागि खेलको ५८औं र थप समयमा क्रमश रतन किस्कु र बिप्लव लिम्बूले गोल गरेका थिए । विजयी टिम भद्रपुरका बिप्लब लिम्बू खेलको उत्कृष्ट खेलाडी भएका थिए ।

उनलाई कार्यक्रमका विशेष अतिथिद्वय झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा” र स्थानीय बिल्डकन इण्डस्ट्रिज प्रा.लि.का अध्यक्ष भीमचन्द्र भट्टराई, अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर धिमाललगायतले नगद पुरस्कार दुई हजार पाँच सयसहित ट्रफी प्रदान गरेका थिए । उक्त पुरस्कार बिर्तामोडस्थित सुप्रीम सप्लायर्सले सौजन्य गरेको हो ।

आयोजक शनिश्चरे फुटबल क्लबका सल्लाहकार एवम् खेल संयोजक टेकराज तिलिङको अध्यक्षतामा आयोजित उक्त खेलको प्रमुख अतिथि अर्जुनधारा–८का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले उद्घाटन गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मीद्वय दीपक ढुंगाना र बिमला प्रधानले गरेका थिए ।

प्रतियोगिताअन्र्तगत सेमीफाइनलको पहिलो खेल भोलि(शुक्रबार) दिँउसो २ः३० बजे कमल गाँउपालिका र बुद्धशान्ति गाँउपालिकाबीच हुने आयोजक क्लबका सचिव हरि गुरुङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here