पूर्व जनप्रतिनिधि नारायण पोखरेलको निधन

0
2

झापा,  । पूर्व जनप्रतिनिधि तथा समाजसेवी नारायण पोखरेलको आज बिहान निधन भएको छ ।

तत्कालीन गोलधाप गाउँ विकास समितिका पूर्व अध्यक्षसमेत रहेका पोखरेलको ६७ वर्षको उमेरमा आज बिहान ७ः१५ बजे बिर्तामोड–४ स्थित आफ्नै निवासमा निधन भएको हो । उनी केही समयदेखि अस्वस्थ रहँदै आएका थिए ।

राजनीतिसँगै सामाजिक तथा व्यवसायिक क्षेत्रमा सक्रिय पोखरेल नेकपा (एमाले) का क्षेत्रीय अध्यक्षका रूपमा क्रियाशील थिए । सामाजिक सेवामा अग्रसर उनी तारा नमस्ते बालग्रामका अध्यक्ष रहेका थिए । यसैगरी झापा इनर्जी, सहारा नेपाल, मनमोहन अस्पताल, इजलास दैनिकलगायत विभिन्न संघ–संस्थामा उनको सक्रिय आवद्धता रहेको थियो ।

पोखरेलको निधनले राजनीतिक, सामाजिक तथा व्यवसायिक क्षेत्रले एक सक्रिय र जिम्मेवार व्यक्तित्व गुमाएको छ । उनका निधनप्रति विभिन्न राजनीतिक दल, सामाजिक संघ–संस्था तथा शुभेच्छुकहरूले शोक व्यक्त गरेका छन् ।

स्वर्गीय पोखरेलका श्रीमती, दुई छोरा र चार छोरी रहेका छन् । उनको आज बिहान ११ बजे कन्काई माइमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here