स्थानीयद्वारा आन्दोलन स्थगित

0
4

कमल ।

निर्माणाधिन एशिन हाईवेय विषयलाई लिएर झापाको कमल गाउँपालिका ३ केर्खा पूर्वका स्थानियले शुरु गरेको आन्दोलन स्थगित भएको छ ।

राजमार्ग निर्माणका क्रममा केर्खा बजार पश्चिम तर्फ बस स्टण्ड, सर्भिसलेन र फुटपाथ राखिएको तर बजार पुर्व तर्फ वस स्टेण्ड लगायत कुनै पनि व्यवस्था नभएकोले वृस्तित लागत परियोजना (डीपीआर) सच्याएर भएपनि सो ठाउँमा सर्भिसलेन र फुटपाथ निर्माण गर्नू पर्ने मागगर्दै दुई हप्ता अगाडिबाट शुरु गरिएको संर्घर्षका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको समितिले जनाएको छ ।

सोही क्रमममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, कमल ३ का वडा अध्यक्ष अग्निप्रसाद कोइराल, निवर्तमान वडा सदस्य चक्रबहादुर गुरुङ स्थानीय बासी लगायतले फुथपाथ, सर्भिसलेन यु टर्न निर्माण स्थालगत अनुगमन गर्नूका साथै नजिक रहेको सिंहदेवी मन्दिरमा पुगेर दर्शन समेत गर्नु भएको थियो ।

राजमार्ग निर्माणका क्रममा केर्खा बजारको पश्चिम तर्फबाट बजारको मध्य भागसम्म मात्र सर्भिसलेन र फुटपाथ भएको तर पुर्व तर्फ कुनै पनि योजना नभएकोले छुटेका स्थानमा फुथपाथ, सर्भिसलेन यु टर्न लगायतका संरचना निर्माणका लागि सहमती भए पछी आन्दोलनका कार्यक्रम स्थागित गरिएको संर्घष समितिका संयोजक धनराज गिरीले बताउनुभयो ।

सर्भिसलेन र फुटपाथ निर्माण गर्नुपर्ने माग गर्दै दुई हप्ता अगाडिबाट शुरु गरिएको संर्घषका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको संघर्ष समितिले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here