टावर टेम्पल स्कूलको २९ ओैं बार्षिको उत्सव

0
26

बिर्तामाेड,

झापाकाे बिर्तामाेड ५ स्थित टावर टेम्पल स्कूलकाे २९ ओैं बार्षिकाे उत्सव बिबिध कार्यक्रमकाबिच सम्पन्न भएकाे छ ।

साेमबार विद्यालय परिसरमा स्कुलकाे २९ ओैं बार्षिकाे उत्सव भब्य तबरले मनाईएकाे हाे । साथै आजबाट बार्षिकाे उत्सव अन्तरगत खेलकुद तथा साँस्कृतिक कार्यक्रम सुरू समेत भएकाे छ ।

बार्षिकाे उत्सवकाे बिर्तामाेड नगरकाे शिक्षा अधिकृत लासाङ तामाङले पानसमा दिप प्रज्वलन गरेर गरकी थिईन । विद्यालयका निर्देशक राजिब धिमालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत सहित विद्यालयकाे समग्र अवस्थाबारे प्रिन्सिपल भट्टराईले प्रकाश पारेका थिए ।

कार्यक्रमकाे सन्चालन शिक्षकद्वय यमनाथ घिमिरे र नीता घिमिरेले गरेका थिए । २०५३ सालमा स्थापना भएकाे विद्यालयमन राष्ट्र सेवा दल ( एनसिसि) २०८१ सालदेखि सुरू भएकाे छ । २०७९ सालबाट इम्प्यानल स्कुल पनि सन्चालन भईरहेकाे विद्यालयका निर्देशक राजिब धिमालले जानकारी दिए । जसमा बाहालवाला र अबकाश प्राप्त नेपाली सैनिकका सन्ततीहरूअध्ययन गरिरहेका छन् ।

कक्षा नर्सरीदेखि १२ सम्म ६२१ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा शिक्षक र कर्मचारी गरि ५१ जना कार्यरत रहेका छन् । कार्यक्रममा अरदिमनगण चारआलीका सेनानी प्रबेश खड्का , साहयक सेनानी भिमप्रसाद ढकाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, विरता जेसिजका अध्यक्ष एलसी श्रेष्ठ, झापा गाेल्डकप अध्यक्ष केदार गिरी, बरिष्ठ उपाध्यक्ष गजेन्द्र पाैडेल, झापा जिल्ला ओैषधि ब्यवसायी संघका अध्यक्ष जीवन खड्का , लाेत्से इंग्लिस स्कुलका धनराज मगर, सुनिता तामाङ लगायतकाे आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रममा विद्यार्थीले विभिन्न पहिचान झल्कने नृत्य समेत प्रस्तुत गरेका थिए । आजबाट सुरू भएकाे अन्तर सदन खेलकुद प्रतियाेगितामा फुटबल, बास्केटबल कक्षा ८,९,१०, भलिबल छात्र र छात्रा ६,७,८,९,१० का बिद्यार्थी , टेबलटेनिस लगायतका खेलहरू सम्पन्न हुने बताईएकाे छ ।

त्यस्तै कक्षा नर्सरीदेखि अन्य कक्षाका बिद्यार्थीले चक्लेट रेस, बेलुन फुटाई, सिनियर फुटसल, सट रेस, साँस्कृतिक लगायतका प्रतियाेगिता गर्ने स्कुलले जनाएकाे छ। खेलकुद प्रतियाेगिता माघ २३ गते समापन हुनेछ ।

उद्घघाटन कार्यक्रममा मनाेरन्जनकालागि अभिभावकबिच महिलाकालागि म्युजिकल चियर, पुरूष तर्फ हण्डि फुटाई प्रतियाेगिता समेत गरिएकाे विद्यालयका खेल संयाेजक बिबेक धिमालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here