मिक्सर मेसिन सफा गर्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु

0
7

झापा । झापाको बिर्तामोड नगरपालिका–२ चारपाने लालमाटीस्थित ओमकार रेडिमेन्स कङ्क्रिट प्रा।लि।मा काम गर्ने एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ ।

गएराति करिब ११ः३० बजे मिक्सर मेसिन सफा गर्ने क्रममा करेन्ट सट भई घाइते भएका शिवसताक्षी नगरपालिका–४ बस्ने २८ वर्षीय राजीव राजवंशीको उपचारका क्रममा मृत्यु भएको हो । उनी सो उद्योगमा हेल्परका रूपमा कार्यरत थिए ।

प्रहरीका अनुसार मिक्सर मेसिन सफा गर्ने क्रममा मेसिनमा हिल्टी हान्दा अचानक करेन्ट सट भई गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि बीएन्डसी अस्पताल बिर्तामोड लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

घटनाबारे माघ २७ गते राति १२ः३० बजे अस्पतालमार्फत इलाका प्रहरी कार्यालय अनारमनीलाई जानकारी प्राप्त भएको थियो । सूचनापछि प्रहरी वरिष्ठ हवल्दार भक्ति प्रसाद घिमिरेको कमाण्डमा द्रुत प्रतिक्रिया टोली घटनास्थल तथा अस्पताल पुगेको प्रहरीले जनाएको छ ।

मृतकको शव हाल सोही अस्पतालको शवगृहमा राखिएको छ । आफन्तलाई घटनाबारे जानकारी गराइसकिएको र थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन माघ २७ गते बिहान पुनः प्रहरी टोली खटिने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here