झापा–२ केन्द्रित २० एजेन्डा सार्वजनिक, धर्मशीला चापागाईंको समृद्धि अभियान

0
8

झापा , नेपाली कम्युनिष्ट पार्टीकी नेतृ तथा झापा क्षेत्र न २ कि उम्मेद्वार धर्मशीला चापागाईंले झापा निर्वाचन क्षेत्र नम्बर २ का लागि २० बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै विकास, सुशासन र समावेशी समृद्धिलाई आफ्नो मुख्य लक्ष्य बनाएकाे वताएकी छिन् ।
प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार चापागाईंले “समुन्नत, न्यायपूर्ण र समृद्ध झापा–२” निर्माण गर्ने संकल्पसहित शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि र रोजगारीका कार्यक्रम अघि सारेकी हुन्।

आइतवार साँझ बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा गर्दै प्रतिबद्धता पत्र सार्वजनिक गर्दै बिर्तामोडलाई शिक्षा, व्यापार र स्वास्थ्य सेवाको क्षेत्रीय केन्द्रका रूपमा विकास गरिनेछ। सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि, प्राविधिक शिक्षालय स्थापना र सरकारी क्याम्पसको स्तरोन्नति गर्ने योजना अघि सारेको बताइन्। बजार व्यवस्थापनलाई सुदृढ बनाउँदै कृषि उपज संकलन केन्द्र स्थापना गर्ने र अस्पतालहरूको सेवा–सुविधा विस्तार गरी स्वास्थ्य सेवा सर्वसुलभ बनाउने लक्ष्य राखिएको उनको भनाइ छ ।

चपाकेली सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा भौतिक पूर्वाधारतर्फ महेन्द्र राजमार्गदेखि मदन भण्डारी राजमार्गसम्म जोडिने सडक सञ्जाल स्तरोन्नति गर्ने, बिरिङ खोलामा पुल निर्माण गर्ने योजना अघि सारिएको छ। धार्मिक तथा प्राकृतिक पर्यटन प्रवर्द्धनका लागि अर्जुनधारालाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने तथा सालबारी र निचाझोडा क्षेत्र संरक्षणमार्फत स्थानीय रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाइएको छ। चारपाने दक्षिण क्षेत्रमा औद्योगिक कोरिडोर निर्माण गरी स्वदेशी रोजगारी विस्तार गर्ने योजना पनि समेटिएको छ।

चापागाईंले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने बताएकी छन्। मिटरब्याज पीडित किसान र मजदुरका लागि कानुनी पहल, भूमिहीन नागरिकका अधिकार सुनिश्चित गर्न भूमिसम्बन्धी कानुन संशोधनको पहल, तथा महिला, दलित र अल्पसंख्यक समुदायको अधिकार संरक्षणका कार्यक्रम अघि सारिएका छन्।

कृषि क्षेत्रमा पशुपालन, सुपारी र तरकारी खेतीलाई प्राथमिकता दिँदै सहकारी संरचना सुधार गर्ने योजना छ। सिमसार र नदी संरक्षणमार्फत वातावरण जोगाउने तथा ‘एक वडा, एक पुस्तकालय’ अवधारणा कार्यान्वयन गरिने उल्लेख छ। साथै, झापा–२ लाई सूचना प्रविधि मैत्री क्षेत्र बनाउने लक्ष्यसहित निःशुल्क वाइफाई सेवा र डिजिटल प्रणाली विस्तार गरिने प्रतिबद्धता जनाइएको छ।

चापागाईंले आफ्नो राजनीतिक अनुभव र स्पष्ट दृष्टिकोणका आधारमा मतदातासँग सहयोग र समर्थनको अपिल गर्दै झापा–२ को दिगो विकासमा सहकार्य गर्न आह्वान गरेकी छन्।
पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य हरि कुमार राना, ज्योति सिंह दर्लामी ,डाक्टर विष्णुप्रसाद मिश्र ,रुपध्वज साउदेन ,पवन तिम्सिना लगायत सहभागि थिए। पत्रकार सम्मेलनको सञ्चालन बासु दुलालले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here