सर्लाहीमा तीनवटा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु, दुई घाइते

0
1

बरहथवा (सर्लाही),

जिल्लाको ईश्वरपुर नगरपालिकास्थित खिलामा तीनवटा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । दुर्घटना बिहीबार राति भएको हो ।

भारतमा दर्ता भएका मोटरसाइकल एकापसमा ठोक्किँदा हरिपुर्वा नगरपालिका–९ मिर्चैयाका मुकेश राय र रामज्ञान रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईले राससलाई जानकारी दिनुभयो ।

सोही स्थानका विक्रम राय र रामविश्वास राय घाइते हुनुभएको छ । उहाँहरूलाई लालबन्दीस्थित मोडल अस्पतालमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ । साथै तीनवटै मोटरसाइकल पनि कारबाहीका निम्ति खिचिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here