नवदुर्गा आविको ४२ औं वार्षिकोत्सव सम्पन्न

0
2
अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिका–४ रातेखालस्थित नवदुर्गा आधारभूत विद्यालयको ४२औं वार्षिकोत्सव तथा अभिभावक भेला बिहीबार सम्पन्न भएको छ ।
विद्यालय प्राङ्गणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झलक चौधरीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।
विद्यालयका प्रधानाध्यापक तोयानाथ ओलीले विद्यालयको पृष्ठभूमि, वर्तमान गतिविधि र भावी रणनीतिसहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । जसअनुसार अक्षयकोषदाता रेशमबहादुर खत्री, दाता शिक्षक टेकबहादुर बुढा, पूर्व शिक्षकहरु चन्द्रा उप्रेती ओली, धुव्र राई, बबिता नेपाल, मोहन न्यौपाने र लीलाधर खतिवडा रहेका छन् ।
त्यसैगरी वर्ष उत्कृष्ट शिक्षकतर्फ विद्यालयकी सहायक प्रधानाध्यापक माया गौतम, वर्ष उत्कृष्ट शिक्षक पूर्व प्राथमिकतर्फ भूवना पौडेल, विद्यालयमा नियमित हाजिरी हुनेतर्फ शिक्षक ममिता खतिवडा र उत्कृष्ट अभिभावकतर्फ दीया कुँवर सम्मानित भएका छन् ।
त्यस्तै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रुद्रबहादुर खत्रीले विद्यालयलाई ७५ थान स्कूल ब्याग उपलब्ध गराएको छ । स्थानीय दहीझोडा सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्षसमेत रहेका खत्रीले समूहबाट प्राप्त भएको पारिश्रमिकबाट आफूले विद्यालयलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।
कार्यक्रममा वडाध्यक्ष अम्बरबहादुर कटुवाल, नेपला शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष चन्द्र खत्री, विद्यालयका संस्थापक प्रधानाध्यापक लीलाधर खतिवडा, योगगुरु लक्ष्मी ढुंगाना, व्यवसायी प्रकाश गौतमलगायतले शुभकामना मन्तव्य राखेका थिए । शिक्षक भावना भट्टराईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक गौतमले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here