चलचित्र ‘नाक्छोङ’को बिशेष प्रदर्शनी बिर्तामोडमा हुँदै

0
3

बिर्तामोड,

किरात राईहरुको सस्कारमा आधारित चलचित्र नाक्छोङको बिशेष प्रदर्शनी यहि फागुन ९ गते बिर्तामोडको पाथीभरा सिने प्लाजामा हुने भएको छ ।

राई समुदायमा भइरहेको सांस्कृतिक परिवर्तन र बसाइसराईसंगै परेको सास्कृतिक प्रभावहरुलाई चलचित्र मार्फत देखाउन खोजिएको कुरा यस चलचित्रका निर्माता ज्योतिराज राईले बताउनु भयो । ‘नाक्छोङ’हरुको अभावमा कस्ता किसिमका समस्यहरुको सामाना गर्नु पर्छ त भन्ने बिषयलाई यस चलचित्रले समेटेको पनि उहाँले बताउनु भयो ।

‘नाक्छोङ’ चलचित्रले पुर्खौली थलो पाहाडबाट बसाई सरेर मधेश झरेका राई परिवार मार्फत समुदायको कथालाई पर्दामा देखाउन खोजिएको कुरा यस चलचित्रका निर्देशक किरान राइले प्रष्ट पार्नु भयो । यो चलचित्रले बिशेष गरि किरात राई समुदायको सास्कृतिक कुरालाई उठान गरे ता पनि सम्पुर्ण नेपाली समुदायमा भइरहेको सास्कृतिक बिचलनहरुलाई प्रतिनिधित्व गर्ने निर्देशक राईको भनाई छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत फागुन ९ गते पाथीभरा सिनेप्लाजा, बिर्तामोडमा आयोजित बिशेष प्रदर्शनीमा उपस्थित भई चलचित्र नाक्छोङलाई हेरिदिन आग्रह पनि गर्नु भएको छ ।

पहिलोपटक स्कटल्याण्डमा आयोजित आदिवासी जनजाति चलचित्र महोत्सव २०२५ मा “नाक्छोङ” ले बिशेष अवार्ड प्राप्त गरेको थियो । चलचित्रको लेखन स्वयं निर्देशक राईले नै लेख्नु भएको छ ।

यस चलचित्रमा भुवन सिंह राई, यासेली योङ्हाङ, सागर केरुङ ,बबिन राई ,शुष्मा सुब्बा गुरुङ, सारा राई, ताया हाङ राई, अनुशा राई, सरोज राई, उत्तम राई, पुर्ण लिम्बु, त्रिचु राई, दिनेश कोइराला, हेम दिलुङ्छा राई, उदय शुब्बा कुरुङ्बाङ, बिनोद पोमो , तुलशा लिम्बु , मदन खोदूङ राई ,ससिता राई रसा लिम्वू , मीसन बान्तावा राई र बाल कलाकार जेशन राई लगायतको अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here