इलाम, सन्दकपुर गाउँपालिकाको आयोजनामा लैङ्गिक समानता तथा घरेलु हिंसा विरुद्धको कार्यक्रम सम्पन्न भएको छ।
फागुन १० र ११ गते सन्दकपुर गाउँपालिका–२, फेमेगुरुमा सम्पन्न कार्यक्रममा लैङ्गिक विभेद अन्त्य, महिला अधिकार संरक्षण तथा घरेलु हिंसा न्यूनीकरणका विषयमा सचेतनामूलक छलफल गरिएको आयोजकले जनाएको छ।
सहजकर्ता अम्बर देवान, अधिवक्ता विमल दहाल र सन्दकपुर गाउँपालिका महिला बालबालिका शाखा प्रमुख दिपा लिम्बुको सहजीकरणमा सम्पन्न समापन कार्यक्रममा कार्यक्रम संयोजक दिपेन गुरुङ्ग, सहभागी तेजबहादुर गुरुङ्ग, शारदा लिम्बू, मनकुमारी गुरुङ, सृजना तामाङ गुरुङ्ग लगायतले कार्यक्रमका विषयमा आ(आफ्नो धारणा राख्नुभएको थियो।
कार्यक्रममा वडा नम्बर(२ फेमेगुरुका महिला समूह, सरोकारवाला निकाय तथा स्थानीय बासिन्दा सहित ४० भन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रमले समाजमा समानता, सम्मान र सुरक्षित वातावरण निर्माण गर्न महत्वपूर्ण सन्देश दिएको आयोजकले बताएको छ।































