श्री एयरको जहाज अवतरणका क्रममा टायर पड्कियो

0
7

झापा,

झापाको चन्द्रगढी विमानस्थल आज दिउँसो अवतरणका क्रममा श्री एयरको जहाजको एक टायर पड्किएको छ।

काठमाडौँबाट चालक दलका सदस्यसहित ७९ जना यात्रु बोकेर आएको Shree Airlines को SHA ९४१ नम्बरको उडान दिउँसो १२:३० बजे अवतरण गर्ने क्रममा देब्रेपट्टिको एक टायर पड्किएको हो।

विमान टायर पड्किए पनि सुरक्षित रूपमा धावनमार्गबाट पार्किङ क्षेत्रमा लगिएको विमानस्थल स्रोतले जनाएको छ। घटनापछि विमानस्थलमा केहीबेर चहलपहल बढे पनि अवस्था सामान्य रहेको बताइएको छ।

विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको जनाइएको छ। प्राविधिक जाँच तथा आवश्यक मर्मतपछि जहाज पुनः नियमित उडानमा फर्काइने तयारी रहेको स्रोतको भनाइ छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here