काठमाडौँ,

लागूऔषधसहित मोरङ र झापाबाट तीन जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको गौरीगञ्ज गाउँपालिका–२ बाहुन टोलबाट लागूऔषध ब्राउनसुगरसहित कमल गाउँपालिका–४ साधु टोलका ३३ वर्षीय राजेश नेम्वाङ पक्राउ परेका हुन् ।
यसैगरी, विराटनगर महानगरपालिका–१६ दरैयाबाट खैरो हेरोइनसहित सुनसरीको धरान उपमहानगरपालिका–११ का २७ वर्षीय रिचन्द लिम्बु र २४ वर्षीय तेन्जिङ शेर्पालाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको छ ।
अभियुक्तहरू भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बेला पक्राउ परेका हुन् ।































