विराटनगर ।

झापा र सुनसरीको बिभिन्न स्थानहरुबाट लागू औषध सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय झिलझिलेले झापाको शिवसताक्षी नगरपालिका–११ का ३२ बर्षीय शिवा मल्लिक र शिवसताक्षी–८ का कैलाश रणपयलीलाई एक ग्राम ६१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

उता कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूह, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान–१३ बाट संखुवासभा सिलिचोङ गाउँपालिका–४ का २० बर्षीय सन्दिप राईलाई ३० किलोग्राम गाँजा सहित पक्राउ गरेको हो ।
त्यस्तै अस्थायी प्रहरी पोष्ट जोरसखुवाले धरान–११ बाट सोही स्थानका डानियल राईलाई ट्रामाडोल ६० क्याप्सुल र डिकोलिक १४९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका चारै जना विरुद्ध थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।





























