मार्सेली उपभोक्ता सचेतना पुरस्कार बिराट साहित्य संगमलाई

0
1

झापा,  विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर घोषणा गरिने ‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’ यस वर्ष बिराट साहित्य संगमलाई प्रदान गरिने भएको छ।

उपभोक्ता अधिकारकर्मी कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ले स्थापना गरेको उक्त पुरस्कार राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवस श्रावण ४ गते प्रदान गरिने जनाइएको छ।

राष्ट्र सेवक बचत तथा ऋण सहकारीका उपाध्यक्ष तुलसीनारायण अधिकारीको अध्यक्षतामा बसेको पुरस्कार छनोट समितिको बैठकले नगद १५ हजार १ रुपैयाँसहित पुरस्कार बिराट साहित्य संगमलाई प्रदान गर्ने निर्णय गरेको हो।

उपभोक्ता अधिकार र सचेतनाका क्षेत्रमा सक्रिय मार्सेलीले ‘जागरुक उपभोक्ता र जिम्मेवार बिक्रेता’ अभियान सञ्चालन गर्दै आएका छन्। सोही अभियानलाई टेवा पुर्‍याउने उद्देश्यले बिराट साहित्य संगमले प्रकाशित गरेको १८९औँ अङ्कलाई ‘उपभोक्ता जागरण विशेषाङ्क’का रूपमा प्रकाशन गरी उपभोक्ता सचेतनामा योगदान दिएको भन्दै संस्थालाई पुरस्कृत गर्न लागिएको बताइएको छ।

घोषणा गरिएको पुरस्कार आगामी श्रावण ४ गते विशेष कार्यक्रमबीच समर्पण गरिने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here