अर्जुनधारा संस्कृत आदर्श माविको ३४ औं वार्षिकोत्सव

0
3
अर्जुनधारा । 
झापाको अर्जुनधारा नगरपालिका–७स्थित अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालयको ३४औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल गुरागाईंको अध्यक्षता र वडाध्यक्ष गोविन्द खतिवडाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानाध्यापक सविता पौडेलले गरेकी थिइन् ।
प्रधानाध्यापक हरिनारायण खतिवडाबाट विद्यालयको गतिविधिसहितको प्रतिवेदन प्रस्तुत गरिएको कार्यक्रममा सावित्रादेवी प्रसाईं स्मृति अक्षयकोष छात्रवृत्ति वितरण, गत शैक्षिक वर्षका कक्षा प्रथम र चालु शैक्षिक वर्षमा सम्पन्न भएको विभिन्न खेलकुद प्रतियोगिताका विजयीहरुलाई पुरस्कृत गरिएको थियो ।
त्यसैगरी कार्यक्रममा वर्ष शिक्षक सम्मानबाट शिक्षक हरिप्रसाद ढुङ्गेललाई सम्मान पत्रसहित दोसल्ला ओढाई, वर्ष विद्यार्थी पुरस्कारबाट चेतनाथ गुरागाईं, सावित्रादेवी प्रसाईं स्मृति अक्षयकोषबाट १० जना विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै सोही कार्यक्रममा आयोजना गरिएको विद्यालयस्तरिय संकल्प वाचन प्रतियोगितामा प्रथम पुकार भट्टराई, द्वितीय छत्रपती गुरागाईं र तृतीय गजेन्द्र अधिकारीलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा अर्जुनधारा जलेश्वरधामका मूलअर्चक अग्निप्रसाद सिग्देल, अक्षयकोषदाता देवकला प्रसाईं, शिक्षक लक्ष्मीप्रसाद रिजाल, विद्यालय अन्र्तगत रहेको संस्कृत बाल क्लबका अध्यक्ष छत्रपती गुरागाईंलगायतले शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन शिक्षकद्वय हरिप्रसाद ढुङ्गेल र रमेश खतिवडा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here