विराटनगर।

झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको दमक नगरपालिका–५ मा लागू औषध बिक्रि बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका मोहन यादव र गौरीगञ्ज गाउँपालिका–१ का प्रवेश राईलाई ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले मेचिनगर–६ बाट मे ६ प ७७२६ नम्बरको मोटरसाईकल चालक शिवसताक्षी नगरपालिका–७ का लाखबहादुर योंङहालाई दुई ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रण लिएको छ ।
त्यस्तै सुनसरीको कोशी गाउँपालिका( १ बाट इलाका प्रहरी कार्यालय लौकही र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुहले प्रदेश १–०२–०५३ प ५८२१ नम्बरको मोटरसाईकल चालक दुहवी–२ का सुशान्त चौधरी, मोटरसाईकल पछाडी सवार दुहवी–१० मेराज चौधरीलाई आठ ग्राम ११० मिलिग्राम सहित र भोक्राहा नरसिंह गाउँपालिका–६ बाट मोरङ कानेपोखरी गाउँपालिका–७ का शुरेन्द्र जिमीलाई छ ग्राम ३९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।





























