महेन्द्र ज्योतिको ५९ औं वार्षिकोत्सव

0
3

रत्नबहादर बस्नेत,
बिर्तामोड ।

बिर्तामोड -१० सैनिकबजारस्थित महेन्द्रज्योति माविको ५९औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।

छात्रवृत्ति वितरण,सांस्कृतिक कार्यक्रम तथा सम्मानसहित विविध कार्यक्रमको आयोजना गरी विद्यालयको ५९अौं वार्षिकोत्सव सम्पन्न भएको हो। वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्योधन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उदघाटन प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य खगेश्वरी पौड्याल अधिकारीले गरेकी थिइन्।

कार्यक्रममा विद्यालयको विभिन्न क्षेत्रमा योगदान पुर्याउने दातालाई सम्मान गरिएको थियो। उनीहरुलाई प्रमुख अतिथि, बिशिष्ठ अतिथि, विव्यस अध्यक्षलगायतले कदरपत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए। यसरी सम्मानित हुनेहरुमा ट्रष्ट तथा पार्किङ निर्माणमा आर्थिक सहयोग गर्ने भोला पाण्डे, सागर पाठक र अनुप गुरुङ, फूलबारी निर्माण ग्रेनाइट तथा नगददाता इन्द्र क्षेत्री, रुद्र ढकाल, निर्मला बस्नेत, पुण्यप्रसाद उप्रेती र ताराप्रसाद पोखरेल रहेका छन् ।

त्यस्तै पोशाक तथा शैक्षिक सामाग्री दाता राजेन्द्र श्रेष्ठ र राजकुमार गुप्ता तथा न्यानो कपडा स्वेटर प्रदान गर्ने विष्णु सुवेदी र राधिका चुडाल रहेका छन्। सोही अवसरमा उत्कृष्ट शिक्षक दुर्गाकुुमार ढुंगाना, राजन प्रसाईं र पूर्व विव्यस सदस्य ओमकुमारी राईलाई सम्मान गरिएको थियो । यसैबीच गत शैक्षिक सत्रको वार्षिक परीक्षामा कक्षागतरुपमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक जयकुमार झाले विद्यालयको गतिविधिसहित प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा शान्ति-धन अक्षयकोष छात्रवृत्ति दाता परिवारको तर्फबाट विद्यालय व्यवस्थापन समिति सदस्य किरण सुब्बाले रु.दुई हजारको दरले ४ जना विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेकी थिइन्। त्यसैगरी पवित्रा पौडेल स्मृति अक्षयकोष छात्रवृत्ति दाता अमर पौडेल र अम्बिका पौडेलले नगद दुई/दुई हजारका दरले ५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद खगेश्वरी पौड्याल अधिकारी,जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कुमार बस्नेत, बिर्तामोड नगरपालिका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख तिलचन भण्डारी, बिर्तामोड नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रलगायतले शुभकामना मन्तव्य राखेका थिए।

प्रमुुख अतिथि प्रदेश सांसद अधिकारीले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ठोस योजनाका साथ अग्रसर बन्न सरोकारवाला सबैलाई आग्रह गर्द‌ै त्यसमा आफूले यथासक्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

विद्यालयका प्रअ झाले विविध चुनौतिबीच आफूहरु शैक्षिक प्रगतिका लागि प्रयत्नरत रहेकोले लक्ष्य प्राप्त गर्न सबैलाई सहयोग गर्न आग्रह गरे। विद्यार्थीले गीत तथा नृत्यद्वारा प्रतिभा प्रस्तुत कार्यक्रममा शिक्षक महासंघ बिर्तामोडका सचिव उमानाथ भण्डारी, नेपाल शिक्षक संघ बिर्तामोडका अध्यक्ष जयकुमार प्रसाईं, शिक्षक अभिभावक संघका अध्यक्ष श्रीप्रसाद शिवाकोटी,शिक्षासेवी मनु मुखिया, विभिन्न विद्यालयका प्रअ, विव्यस पदाधिकारी, पूर्वशिक्षकलगायतको आतिथ्य रहेको थियो।

विद्यालयका सहायक प्रधानाध्यापक भवानी शिवाकोटीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक बीरेन्द्र कडरिया र सरस्वती दाहालले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here