ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा प्रहरी कर्मचारीलाई उपचार सेवामा छुट सुविधा

0
3

झापा ।

जिल्ला प्रहरी कार्यालय झापा र ओमसाई पाथीभरा अस्पताल भद्रपुरबीच स्वास्थ्य उपचारमा सहुलियत दिने सम्बन्धी सम्झौता गरिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) वसुन्धरा खड्का र ओमसाई पाथीभरा अस्पताल प्रालिका निर्देशक बालकुमार पोखरेलबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

दुवै पक्षबीच स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको अस्पतालका व्यवस्थापक दीप पौडेलले जानकारी दिए ।

सम्झौता अनुसार बहालवाला प्रहरी कर्मचारी, उनीहरूका परिवारजन, पूर्व प्रहरी कर्मचारी तथा अमर प्रहरीका परिवारका सदस्यहरूले अस्पतालबाट प्राप्त गर्ने स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुविधा पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here