मध्यपूर्वमा अमेरिका, इजरायल र ईरानको भाले जुधाई

0
1

हालै मध्यपूर्वमा अवस्थित ईरानमा इजरायल र अमेरिकाले एकसाथ सैन्य आक्रमण गरिरहेका छन् । ईरानका सर्वोच्च नेता आयोतुल्ल अली खमेनेई समेत ४० उच्च पदाधिकारीहरु आक्रमणबाट मारिएका छन् । ईरानमा भारी नोक्सानी भइरहेको छ, तर दुनियालाई आश्चर्यमा पार्ने गरी ईरानले पनि लटवार गरिरहेको छ ।

मध्यपूर्वमा अमेरिकी सैन्य नेटवर्क :

अमेरिकाले मध्यपूर्व भर १९ स्थायी र अस्थायी सैन्य आधारहरूको नेटवर्क सञ्चालन गर्छ, जसमा सबैभन्दा ठूलो कतारको अल उदीद एयर बेसमा १० हजार सैनिकहरू थिए । सात अमेरिकी स्थायी सुरक्षा प्रतिष्ठानहरू बहराइन, इजिप्ट, इराक, जोर्डन, कुवेत, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरातमा छन् र २०२५ बीचसम्म उक्त क्षेत्रमा ४० हजारदेखि ५० हजारसम्म अमेरिकी सैनिकहरू तैनाथ भएका थिए । यी आधारहरूले इरानलाई पश्चिम र दक्षिणबाट घेरेका छन् ।

हाल पर्शियन गल्फमा यूएसएस अब्राहाम लिङ्कन र यूएसएस जिन्डाल्ड आर फोर्ड फाइटर एअरक्राफ्ट क्यारियर तथा युद्धपोतको उपस्थितिले अमेरिकी अपरेशन सशक्त बनाइएको छ । यी नाभिकीय–शक्ति विमान वाहक पोतहरूको संयुक्त कर्मचारी संख्या १० हजारभन्दा बढी छन् साथै एक सय ३० भन्दा बढी फाइटर जेटहरू साथमा बोकेका छन् । सो क्षेत्रका सबै अमेरिकी आधारहरूलाई इरानी सेनाले वैध लक्ष्य मानेर इरानी मिसाइल र ड्रोनहरूले आक्रमण गरिरहेका छन् र ती आधारहरु नराम्रोसँग नष्ट भएका छन् ।

खाडी मुलुकका देशस्थित अमेरिकी वेशहरुमा ईरानको आक्रमण :

अरब क्षेत्रका छ वटा मुलुकमा रहेका अमेरिकी सैन्य लक्ष्यहरूले इरानी आक्रमण भोगेका छन् । अमेरिकाले ईरानबिरुद्ध अपरेशन एपिक फ्युरी सञ्चालन गरेपछि इरानले पनि अमेरिकी सैन्य र कुटनीतिक अयाहरूमा प्रत्याक्रमणहरू गरेको छ । ईरानी प्रत्याक्रमणलाई अमेरिकी सैन्य आधारहरुले रोक्न नसक्दा अमेरिका आफै पनि चकित परेको छ ।

ईरानले प्रहार गरेका अमेरिकी आधारहरु :

मुवफ्फक साल्ती एयर बेस जोर्डन,
अली अल–सालेम एयर बेस कुवेत,
प्रिन्स सुलतान एयर बेस साउदी अरेयिबा,
क्याम्प बुइर्हिङ कुवेत,
क्याम्प अरिफजन कुवेत,
मुहम्मद अल–अहमद कुवेत नेवल बेस कुवेत,
अल–उदेद एयर बेस कतार,
अल–धाफ्रा एयर बेस यूएई, र
जेबेल अली पोर्ट यूएई,

नेवल सपोर्ट एक्टिभिटी, बहराइन (अमेरिकी पाँचौं फ्लीटको मुख्यालय), मनामा, बहराइन (अमेरिकी सैनिकहरूको बसोबास भएको विभिन्न होटलहरू) र अर्बिल अन्तर्राष्ट्रिय विमानस्थल, इराक (विमान स्थलसँगै रहेको अमेरिकी आधार) ।

इरानको रणनीति :

इरान माथि हवाई मिशन सञ्चालन गर्ने अमेरिकाको क्षमता कम गर्ने र उसका हवाई साधनहरू अझ टाढा सार्न बाध्य बनाउने रणनीतिले ईरान काम गरिरहेको छ । ताकि अमेरिकाको आक्रमण जारी राख्ने क्षमतामा कमी आओस् । विश्लेषक अनुशर फारूकीद्वारा गरिएको प्रारम्भिक गणना अनुसार इरानबिरुद्ध अमेरिकी मिशन क्षमता ३५–५०% ले घटेको पाइएको छ । इरान अमेरिकी सेनालाई अन्धा बनाइरहेको छ । राडारहरु नष्ट गरेपछि संकेत पाउन छाडिएको छ । संघर्षको पहिलो दिनमै इरानी शाहेद ड्रोनले अमेरिकाको बहराइनस्थित नेभल सपोर्ट एक्टिभिटीमा रहेको एएनटिपिएस–५९ राडार डोम नष्ट गरिदियो । चार हजार तीन सय मिलियन यूएस डलरको प्रणाली ध्वस्त भयो । सैन्य उपकरण निर्माण गर्ने कम्पनी लकहिड मार्टिनले २००७ मा निर्माण गरेको संसारको एकमात्र ३६०–डिग्री कवरेज मोबाइल राडार जुन सामरिक ब्यालिस्टिक मिसाइल पत्ता लगाउन सक्षम रहेको बताइएको थियो सो ईरानले नष्ट गरिदिएको छ ।

अरबौं डलरका अमेरिकी राडारहरु नष्ट :

सेटेलाइट छविहरू र भिडियो फुटेज अनुसार, कुवेतको क्याम्प अरिफजान र अली अल–सालेम एयर बेसमा र संयुक्त अरब इमिरेट्सको अल–धाफ्रामा राडार डोमहरू नष्ट भएका छन् । कतारको अल–उडेद एयर बेसमा, विश्वमा केवल छवटा मात्रै रहेका एकअर्ब डलर मूल्यको एएलएफपिएस–१३२ प्रारम्भिक चेतावनी राडार २८ फेब्रुअरीमा इरानी व्यालिस्टिक मिसाइलद्वारा आक्रमण गरिएको कतारको रक्षा मन्त्रालयले बताएको छ । यी राडारहरु नष्ट हुँदा अमेरिका र इजरायललाई ईरानी मिसाइल ट्रयाक गर्न कठिन भएको छ । पूर्व सूचना प्रणालीले संकेत नपाउँदा इजरायलको प्रतिरक्षा प्रणाली पनि अन्धा भएको छ र इरानी मिसाइलहरु मन लागेको ठाउँमा प्रहार भइरहेका छन् । इजरायलमा रहेका थाड, पेट्रियाट, एरो, डेभिड स्लिङ्ग, आइरन डोम लगायतका प्रतिरक्षा प्रणाली सबै ईरानले मिसाइल हानेर नष्ट पारिदिएको छ ।

जोर्डनको मुवफाक साल्ती एयर बेस, साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेस र संयुक्त अरब इमिरेट्सका दुई इमिरेट्समा सञ्चालित बेसहरूमा अमेरिका निर्मित टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स थाड ब्याट्रीसँग जडित एएनटिपिवाइ–२ राडार प्रणालीहरूमा ईरानले हमला गरेको सेटेलाइट तस्वीरहरू समेत देखाइएका छन् । जोर्डन र साउदी अरेबियामा पाँच सय मिलियन यूएस डलरका प्रणालीहरू पूर्णरूपमा नष्ट भएका छन् । अमेरिकाको प्रारम्भिक चेतावनी र थाड पूर्वाधारको विनाशले देखाउँछ कि आगामी दिनमा इरानी क्षेप्यास्त्रहरूले सजिलै लक्ष्यमा बिनाश गर्न सक्नेछन् ।

फाइटर जेटमा इन्धन रिफ्यूलि· गर्ने जहाजहरू क्षतिग्रस्त :

पाँच अमेरिकी वायु सेना रिफ्यूलिङ्ग जहाजहरू साउदी अरबको प्रिन्स सुल्तान एयर बेसमा इरानको प्रहारले क्षतिग्रस्त भएका वालस्ट्रिट जर्नलले अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै जनाएको छ । गत हप्ता पश्चिमी इराकमा अमेरिकी केसी–१३५ स्ट्राटो ट्याङ्कर रिफ्यूलिङ्ग विमान खसेको थियो, जसमा रहेका सबै छ चालक दलका सदस्यको मृत्यु भएको सेन्टकमले पुष्टि गरेको छ । ईरानले सो विमान आफूले खसालेको दाबी गरेको छ ।

कुवेतमा अमेरिकी फाइटर जेट कसले झा¥यो ? कुवेतमा मार्च ३ मा अमेरिकाको तीन फाइटर जेट उड्दाउड्दै जमिनमा खसेर नष्ट भएका थिए । भुलवश फ्रेन्डली फायर भएको भनेर अमेरिकाले बतायो भने ईरानले आफूले जेटहरु खसाएको बताएको छ । आशंका यो गरिएको छ कि जब इरानले कुवेत लगायत अन्य ठाउँमा रहेका अमेरिकी राडारहरु नष्ट गरिदियो तबदेखि सही सूचना या संकेतको अभावमा अमेरिकी सेनाहरु आफ्नै जेटहरु चिन्न छाडे र अमेरिकाको मित्रदेश कुवेतका सेनाले पनि अमेरिकी विमान चिन्न सकेनन् । तसर्थः फ्रेन्डली फायर भएको हुन सक्छ । यसरी पनि इरानले आफूबिरुद्धको युद्धलाई कमजोर पारिरहेको छ । इरान सूक्ष्म प्रहारको अभियानमा संलग्न छ, जसको उद्देश्य अमेरिकी विमानलाई खसाल्नु, अमेरिकी उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र रक्षा नेटवर्कलाई कमजोर पार्नु देखिएको छ ।

फाइनान्सियल तथा टेक जायन्ट कम्पनीलाई तर्साउने ईरानको अर्को रणनीति :

खाडी मुलकस्थित अमेरिकी तथा इजरेली फाइनान्सियल तथा टेक जायन्ट कम्पनीहरुलाई तर्साउन थालेको छ । विश्वका टप कम्पनीहरुका आर्थिक कारोबार कार्यालय, मेघा बिक्री स्टोरहरु र विश्वका टप बैंकका शाखाहरु खाडी मुलकका टप शहरहरुमा सञ्चालित छन् । ईरानको धम्कीपछि तिनीहरुले आ–आफ्ना कार्यालय बन्द गरी पदाधिकारी तथा कर्मचारीहरुलाई त्यहाँबाट स्थान्तरण गर्न थालेका छन् । जसले गर्दा खाडी मुलकहरु, साउदी अरब, यूएई, कुवेत, कतार, बहरिन आदि मुलुकमा आर्थिक संकट निम्तिएको छ । खाडी मुलुकहरु अमेरिका र इजरायल समर्थक भएका कारण ईरानले उक्त कदम चालेको बताइएको छ । जसले गर्दा अमेरिका र इजरायलमा समेत ठूलो आर्थिक मन्दी आउने निश्चित देखिन्छ ।

कमजोरी र बलिया पक्षहरु :

अहिलेसम्मको परिदृष्य अनुसार अमेरिका र इजरायलको राडार लगायत प्रतिरक्षा प्रणाली कमजोर रहेको देखिएको छ । जसलाई ईरानले सजिलै भेद्न र नष्ट गर्न सकेको छ । ईरानतर्फ प्रतिरक्षा, नेभी, बायुसेना र खुफिया कमजोर रहेको देखिएको छ । बलियो पक्षमा, अमेरिका र इजरायलको फाइटरजेट प्रयोगबाट मिसाइल प्रहार गर्ने क्षमता बलियो रहेको र ईरानको जमिनदेखि जमिनमा मिसाइल हाल्ने क्षमता बलियो देखिएको छ ।

मनोबल :

मनोबलका हिसाबले अमेरिका र इजरायल डरपोक रहेका र ईरान शहीद हुन तयार रहेको देखिएको छ । तसर्थः मनोबलका हिसाबले ईरान बलियो देखिएको छ ।

युद्धमा हार :

इजरायल हारमान्न लगभग तयार अवस्था छ । इजरायल प्रायः ध्वस्त भइसकेको छ । ईरानको मिसाइल आक्रमणमा इजराजयका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु मारिएका आशंका बढेको छ । किनकि उनी हप्तादेखि सार्वजनिक रुपमा देखापरेका छैनन् । ठूलो नोक्सानीका बीच पनि अमेरिका हारमान्न तयार देखिएको छैन । राष्ट्रपति डोनाल्ड ट्रम्पले १८ वटा शक्तिशाली बमबर्षक बि–२ विमान यूके पठाएका छन् । सायद टूम्प ईरानमा ठूलो आक्रमण गर्ने मुडमा छन् । इरान शहीद हुन तयार छ । शहीद हुनु भनेको मनोवैज्ञानिक रुपमा बिजयी हुनु हो । भौतिक रुपमा नष्ट भएपनि जीत निकाल्नु हो तर तीन देशको भाले जुधाइमा को बिजयी हुन्छ अनिश्चित छ । कामना गरौँ कि युद्ध चाँडै खत्तम होस् र शान्ति छाओस् ।

(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here