रुपरत्नमा विभिन्न विधाका उत्कृष्ट हुने विद्यार्थीहरु पुरस्कृत

0
3
अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिका–७ स्थित रुपरत्न मेमोरियल बोर्डिङ स्कूलको आयोजनामा मंगलबार विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुको लागि पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयकी प्रधानाध्यापक एवम् विद्यालय व्यवस्थापन समितिकी सदस्य सचिव नम्रता गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा गत शैक्षिक वर्ष २०८१का कक्षा नर्सरीदेखि कक्षा–९ सम्मका प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थी, गत शैक्षिक वर्ष २०८१का एसईई परीक्षामा उत्र्तीण हुन सफल विद्यालयका उत्कृष्ट १० जना विद्यार्थी र विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
जसअनुसार गत शैक्षिक वर्ष २०८१का एसईई परीक्षामा उत्र्तीण  हुन सफल १० जना विद्यार्थी क्रमश क्रिस्टिना चौहन(३.९६ जीपीए), प्रास्ना भट्टराई(३.९२ जीपीए), अमिसा घिमिरे(३.८२ जीपीए), प्रीन्सा रिजाल(३.७५ जीपीए), धीरज गिरी(३.७४ जीपीए), विश्वास कार्की(३.७० जीपीए), रोजिना भारती(३.६७ जीपीए), निर्जला गिरी(३.६३ जीपीए), अनमोल गिरी(३.६१ जीपीए) र प्रतीक्षा लुँइटेल(३.५९ जीपीए) रहेका छन् ।
त्यसैगरी उत्कृष्ट विद्यालय सभा सम्बन्धी गतिविधितर्फ कक्षा–५ ‘ए’, उत्कृष्ट हस्तलेखनतअन्र्तगत कक्षा–६ र ७तर्फ सुरज प्रधान, कक्षा–४ र ५तर्फ रोमन अधिकारी र कक्षा–२ र ३तर्फ ग्रेस श्रेष्ठ र दीपशिखा कार्की, सरसफाइतर्फ इसाराङ घले कक्षा–३ ‘ए’, आरुस कालीकोटे कक्षा–२ ‘ए’ र साहना ढुंगाना कक्षा–१ ‘ए’, उत्कृष्ट स्वयंसेवक पुरस्कार कक्षा–९का आयुष चापागाईं र कैलाश कार्की पुरस्कृत भएका छन् ।
सोही कार्यक्रममा विद्यार्थीका अभिभावकहरुलाई लक्षित गरि म्युजिकल चेयर र बेलुन फुटाउने खेल सञ्चालनसँगै प्रथम, द्वितीय र तृतीय हुने अभिभावकलाई पुरस्कृत गरिएको थियो । प्रधानाध्यापक गिरीसँगै विद्यालयका इञ्चार्ज जीवन लिम्बू, संयोजक सन्तोष राईलगायतले विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको कार्यक्रममा प्रधानाध्यापक गिरीले विद्यालयको वर्तमान गतिविध एवम् भावी रणनीति बारे जानकारी गराएकी थिइन् ।
कार्यक्रममा विद्यालयमा रहेको स्कटिस ब्यान्डले आफ्नो सांगीतिक प्रस्तुती प्रस्तुत गरेका थिए । शिक्षक नारायण पोख्रेलले स्वागत मन्तव्य प्रस्तुत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्का शिक्षक प्रज्वल भट्टराईले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here