झापामा दुई समूहबिच झडपः पाँच जना घाइते, छ जना पक्राउ

0
2

झापा,

झापाको कनकाई नगरपालिका–२ स्थित हेप्पील्याण्ड फनपार्कमा दुई समूहबिच झडप भएको छ ।

फनपार्कभित्र शनिबार दिउँसो ४ बजे डिजे बजाई नाच्ने क्रममा दुई समूहबीच विवाद हुँदा पाँच जना घाइते भएका छन् । घटनापश्चात् प्रहरीले छ जनालाई नियन्त्रणमा लिएको छ ।

झडपमा परी घाइते हुनेहरूमा झापा गाउँपालिका–५ का १८ वर्षीय मानारुल आलम, सोही ठाउँका १८ वर्षीय अन्सारुल अलि, २० वर्षीय फिरोज अलि, २० वर्षीय तामेजल खान र २४ वर्षीय समान शेख रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइतेहरूको टाउकोसहितको शरीरको विभिन्न भागमा चोट लागेकोले बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी टोलीले बाह्रदशी गाउँपालिका४ का १९ वर्षीय साहिद खान, सोही ठाउँका १९ वर्षीय सन्जाद आलम, २२ वर्षीय आसिक आलम, १७ वर्षीय सोहेल आलम, १८ वर्षीय सानाबाज आलम र १८ वर्षीय साहिल आलमलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी घटनास्थल पुगेपछि स्थिति सामान्य बनेको थियो । दुवै समूह शनिवार ईद पर्वको अवसरमा घुमघाम गर्न हेप्पील्याण्ड फनपार्क पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here