अर्जुनधारा–८ मा विकास पत्रकारिता सम्बन्धी अन्तरक्रिया सम्पन्न

0
2

अर्जुनधारा, अर्जुनधारा नगरपालिका–८ नं. वडा कार्यालयको आयोजनामा विकास पत्रकारिता सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ।

स्थानीय फर्वार्ड एजुकेशन फाउण्डेशन झापा प्रा.लि.को सभाहलमा वडा अध्यक्ष कुमारप्रसाद उप्रेतीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको उद्घाटन सञ्चार विज्ञ तथा नेपाल टेलिभिजनका च्यानल प्रमुख डा. टंक उप्रेतीले गरेका थिए।

झापा जिल्लाका विभिन्न सञ्चार माध्यममा क्रियाशील १६ जना पत्रकारको सहभागिता रहेको कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले सहजीकरण गरेका थिए। उनले विकास पत्रकारिताको अवधारणा, पत्रकारको भूमिका, प्रक्रियामा आधारित कथाको पहिचान, स्रोत संकलन, नैतिकता तथा विकास संवाददाताका लागि आवश्यक आधुनिक उपकरणबारे प्रशिक्षण दिएका थिए।

विकास पत्रकारिताबारे पत्रकारहरुलाई आवश्यक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष उप्रेतीले बताए। उनले कार्यक्रमको औचित्य प्रस्तुत गर्दै सहभागीलाई स्वागत गरेका थिए।

कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो। सहभागीका तर्फबाट गणेशमान मुखिया, राजकुमार ओली, तिलक योञ्जन र चर्तुभूज काफ्ले लगायतले जिज्ञासा राखेका थिए।

कार्यक्रमको सञ्चालन पत्रकार अमित खम्बूले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here