वशिष्ठ आश्रममा भव्य रूपमा सम्पन्न भयो भण्डारी समाजको वार्षिक महायज्ञ र साधारणसभा

0
3

झापा । वशिष्ठ भण्डारी समाज केन्द्रीय कार्यसमितिको आयोजनामा झापास्थित वशिष्ठ आश्रम माईधाममा आयोजित वार्षिक धार्मिक तथा संस्थागत कार्यक्रम यस वर्ष पनि भव्य र सभ्य ढंगले सम्पन्न भएको छ।

चैत्र ५ गतेदेखि सुरु भई चैत्र १३ गते रामनवमीका दिन सम्पन्न कार्यक्रममा यसपटक श्रीमद् भविष्य पुराण सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको थियो। अठार पुराण सम्पन्न गर्ने संकल्प लिएको समाजले हालसम्म १६ वटा पुराण सम्पन्न गरिसकेको जनाएको छ। अब लिङ्ग पुराण र गरुड पुराण मात्रै बाँकी रहेको केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ले जानकारी दिए।

कुलदेवताको आराधना तथा पितृहरूको उद्धारको उद्देश्यसहित आयोजित धार्मिक अनुष्ठानसँगै समाजले चैत्र १२ गते १७औँ वार्षिक साधारणसभा पनि सफलतापूर्वक सम्पन्न गरेको छ। साधारणसभाले ९८ वर्षीय अभिभावक टंकनाथ भण्डारीलाई वंशावली प्रकाशनलगायत समाजको उन्नतिमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरेको छ।

यसैगरी माध्यमिक तहदेखि विद्यावारिधिसम्म अध्ययन पूरा गरेका समाजका सदस्य तथा सन्ततिहरूलाई सम्मान गरिएको छ। स्नातक तहसम्मका सात जना सन्ततिलाई नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरिएको छ भने पीएचडी अध्ययनरत डा। गोपालप्रसाद भण्डारी  दमक  र एमफिल अध्ययनरत विशालमणि भण्डारी ९भक्तपुर०लाई दोसल्ला ओढाएर सम्मान गरिएको अध्यक्ष भण्डारीले बताए।

समाजले भौतिक तथा अन्य सहयोग पुर्‍याउने बुद्धिनाथ कृष्ण  भण्डारी र तीलमाया भण्डारीलाई पनि प्रशंसापत्र प्रदान गरेको छ। साथै, सप्ताह ज्ञान महायज्ञको मण्डप सजावटदेखि सञ्चार माध्यममार्फत समाजको प्रचारप्रसारमा योगदान पुर्‍याएको भन्दै केन्द्रीय सदस्य सुरेन्द्र भण्डारीलाई धन्यवाद ज्ञापन गरिएको जनाइएको छ।

१७औँ वार्षिक साधारणसभामा कोशी प्रदेश सभाका पूर्व सभामुख प्रदीपकुमार भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रम समाजका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’को अध्यक्षतामा सम्पन्न भएको हो भने सञ्चालन महासचिव जयप्रसाद भण्डारीले गरेका थिए।

कार्यक्रममा व्यासाचार्य तथा समाजका सल्लाहकार सभाका सहसभापति छन्धुराम भण्डारीले सबैको योगदानको प्रशंसा गर्दै समाजको थप उन्नति हुने विश्वास व्यक्त गरे। अनुष्ठान अवधिभरको भोजन व्यवस्थापनमा हरेक वर्षझैं यस वर्ष पनि सहयोग पुर्‍याउने आजीवन सम्मानित सदस्य जनसेवक भण्डारी दम्पतिप्रति समाजले आभार व्यक्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here