कानेपोखरीमा मोटरसाइकलले ठक्कर दिँदा साईकल यात्रीको मृत्यु

0
2

कानेपोखरी।

मोरङको कानेपोखरीमा मोटरसाइकलले साईकलमा सवार एक ६३ वर्षीय वृद्धलाई ठक्कर दिँदा मृत्यु भएको छ।

आज शनिबार अपराह्न ४ :१५ बजेतिर रंगेली तर्फबाट रमाइलो तर्फ आईरहेको मे.६प.५९४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साईकल यात्री नरेश काफ्ले गंभिर घाइते भएका थिए।

उनलाई उपचारका लागि मोरङको विराटनगरस्थित न्यूरो अस्पतालमा पुर्याउँदा चिकित्सकले घाईते काफ्लेलाई मृत घोषणा गरेका थिए।

दुर्घटना परेका मोटरसाइकल चालक कानेपोखरी गाउँपालिका वडा नं ६ बस्ने वर्ष २३ का अभिषेक भनिने ओमप्रकाश कार्कीको देब्रे हात भाँचिएको र शरीरका विभिन्न भागमा चोट पटक लागेकोले उनलाई पनि उपचारका लागि अस्पताल पठाइएको रमाइलो प्रहरी चौकी, रमाइलोले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here