अर्जुनधारा,झापाको अर्जुनधारा नगरपालिका–८स्थित शनिश्चरे–बिर्तामोड सडक खण्डअन्र्तगत कदमगाछीमा बुधबार स्वस्ति अनुष्ठान सम्पन्न भएको छ । 
ट्राफिक प्रहरी पोष्ट शनिश्चरेका अनुसार दुर्घटनाग्रस्त क्षेत्रकोरुपमा घोषित त्यस क्षेत्रमा हुने सडक दुर्घटना न्यूनिकरणका लागि स्वस्ति शान्ति अनुष्ठानको आयोजना गरिएको सडक दुर्घटना न्यूनिकरण पूजा समितिकी अध्यक्ष माया पौडेलले बताइन् ।
पटक–पटक हुने सडक दुर्घटनाका कारण धेरै जनधनको क्षती भएपछि स्थानीयहरु स्वतस्र्फूतरुपमा भेला भइ सञ्चालन भएको उक्त अनुष्ठान पहिलोपटक २०७९ सालमा आयोजना गरिएको थियो । यस वर्ष तेस्रोपटक आयोजना गरिएको अनुष्ठानलाई आगामी दिनमा पनि निरन्तरता दिइने समितिको लक्ष्य रहेको अध्यक्ष पौडेलले जानकारी दिइन् ।
अनुष्ठानअन्र्तगत वैदिक विधिबाट अग्नि स्थापना गरि भगवान शिव र विष्णुको पूजाअर्चनासँगै रुद्रीपाठ आदि गरिने अनुष्ठानका प्रमुख पूजारी पण्डित किरण चापागाईंले जानकारी दिए ।
अर्का स्थानीय केशव पन्तका अनुसार लगातारको दुर्घटनाबाट स्वतस्पूर्mतरुपमा भेला भइ सञ्चालन गरिएको अनुष्ठानपछि स्थानीयहरुमा धार्मिक कार्यक्रमबाट पनि सडक दुर्घटनाको घटनामा कमी हुन्छ भन्ने विश्वास बढेको पाइन्छ । त्यसैगरी मृतक व्यक्तिहरुको मोक्ष प्राप्तीको लागि पनि कार्यहरु गरिने हुँदा मृतकका आफन्त र परिवारप्रति अनुष्ठानको सकारात्मक सन्देश पुगेको बताइएको छ ।
अनुष्ठानको विषयमा सम्बन्धित निकायलाई जानकारी गराउँदा सकारात्मकरुपमा चासो नदिएको अवस्थामा सो सडक भइ सञ्चालन हुने सवारी धनी, सवारी चालकहरुबाट भने अनुष्ठानलाई सहयोग प्राप्त भएको अध्यक्ष पौडेलले बताइन् ।






























