सीमावर्ती गलगलियामा आँखा शिविर : ५५० जनाको आँखा जाँच, ८० जनाको अपरेशन

0
1

झापा, झापाको सदरमुकाम भद्रपुरसँग सीमा जोडिएको भारतको गलगलियामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ ।
नेपाल भारत मैत्री संघ झापा र भारत नेपाल मैत्री संघ गलगलियाको संयुक्त आयोजना आयोजना र झापाको विर्तामोडस्थित मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा आज बुधबार गलगलियामा आँखा शिविर सञ्चालन गरिएको हो ।
नेपाल भारत मैत्री संघ झापाका अध्यक्ष प्रदीपमणि रेग्मीको अध्यक्षतामा आयोजित समारोहका बीच प्रमुख अतिथि बिहारका विधायक गोपाल अग्रवाल र विशिष्ट अतिथि नेपाल भारत मैत्री संघका पूर्व केन्द्रीय अध्यक्ष ओमप्रकाश सरावगीले संयुक्त रुपमा शिविरको उद्घाटन गरेका थिए ।
शिविरमा गलगलिया र आसपासका ५५० भन्दा बढीको आँखा जाँच गरिएको थियो भने ८० जनाको आाखाको मोतियाविन्दूको शल्यक्रिया गरिएको अध्यक्ष रेग्मीले जानकारी दिए ।
कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, भद्रपुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष एवम् नेपाल भारत मैत्री संघ कोशी प्रदेशका खेलकुद संयोजक गौरव सुब्बा, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, नेपाल भारत मैत्री संघका केन्द्रीय सदस्य हुलासचन्द्र सरिया, झापा उपाध्यक्ष शिवकुमार राजभण्डारी, सचिव शर्मिला अधिकारीलगायतको उपस्थिति थियो ।
कार्यक्रमको सञ्चालन भारत नेपाल मैत्री संघ गलगलियाका गणेश मुखियाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here