करोडौंका ‘होल्डिङ सेन्टर’ प्रयोग विहीन

0
2
दोधारा चाँदनी (कञ्चनपुर),
कोरोना महामारीको समयमा करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएका ‘होल्डिङ सेन्टर’ अहिले प्रयोगविहीन बनेका छन् ।
तत्कालीन आवश्यकताअनुसार भारतबाट फर्किने नागरिकलाई व्यवस्थापन गर्न बनेका संरचना प्रयोगमा नआउँदा जीर्ण बन्दै गएका हुन् । त्यतिबेला सरकारले कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारी क्षेत्रमा रु २९ करोड २५ लाखमा एक हजार बेड क्षमताका २० वटा ठूला बेडसहितका संरचना, ५० बेड क्षमताका दुई संरचना स्वास्थ्यकर्मीका लागि र २२ वटा शौचालय र १५ भान्सा लगायतका संरचना निर्माण गरेको थियो । उक्त संरचना प्रयोगमा नआउँदा जीर्ण बन्दै गएका छन् ।
सरकारले करोडौँ खर्च गरेर निमार्ण गरेका संरचना जीर्ण बन्दै गएकाले यथाशिघ्र प्रयोगमा ल्याउनुपर्ने स्थानीयको माग छ । “अहिले लागुऔषध दूव्र्यसनीको अवस्था भयावह छ त्यसलाई सुधार केन्द्रका रूपमा सञ्चालन गर्न सकिन्छ ।” यहाँका स्थानीय रमेश जोशीले भन्नुभयो, “राज्यको ठुलो रकम खर्च भएको छ कुनै न कुनै रूपमा प्रयोगमा आउनुपर्छ ।” नजिकै रहेको महाकाली प्रादेशीक अस्पताल छ ।
अस्पतालमा उपचार गराउन आउने क्षयरोग र टीभीका बिरामीका लागि बस्ने व्यवस्था नभएकाले क्षयरोग उपचार केन्द्रका रूपमा सञ्चालन गर्नुपर्ने गणेश बमले जानकारी दिनुभयो । “यहाँ क्षयरोग, टीभीका बिरामीले बस्ने व्यवस्था छैन यसको केही भागलाई क्षयरोग र टीभीका बिरामीका लागि प्रयोग गर्दा उपयुक्त हुन्छ,” उहाँले भन्नुभयो । स्थानीय प्रशासनले लामो समयदेखि प्रयोगविहीन बनेका ‘होल्डिङ सेन्टर’ सञ्चालनमा ल्याउन वैकल्पिक उपायको खोजी सुरु गरेको छ ।
प्रयोगविहीन ‘होल्डिङ सेन्टर’ प्रयोगमा ल्याउनका लागि विभिन्न विकल्पमा छलफल भइरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिनुभयो । “यसअघि पनि ‘होल्डिङ सेन्टर’ प्रयोगमा ल्याउन विभिन्न विकल्पमा मन्त्रालयमा पत्राचार भएको रहेछ ।” प्रजिअ कोइरालाले भन्नुभयो, “उक्त संरचनालाई प्रयोगमा ल्याउन छलफल भइरहेको छ ।” उहाँले अध्ययन गरेर केहिदिनै टुङ्गोमा पुग्ने बताउनुभयो ।
यसअघि कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको अध्ययन उप–समितिले ‘होल्डिङ सेन्टर’ प्रयोगमा ल्याउन चार विकल्प प्रस्ताव गरेको थियो । सो अध्ययन समितिले एक हजार क्षमताको संरचनाको २५÷३० प्रतिशत विपदको प्रयोगका लागि र बाँकी लागूऔषध दुव्र्यसनीमा फसेकाका लागि पुनःस्थापन केन्द्र, क्षयरोग उपचार केन्द्र, विशेष सुरक्षा प्रहरीलाई पनि राख्न सकिने प्रस्ताव मन्त्रालयमा पठाएको थियो ।
सङ्घीय सरकारले सेना मातहत कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा एक हजार वेड क्षमताको होल्डिङ सेन्टर निमार्ण गरेको हो । रु २९ करोड २५ लाखमा ठेक्का सम्झौता हनुमान कन्सट्रक्सन होल्डिङ सेन्टर निर्माण गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here