प्याव्सनले तोक्यो १४ वटा शीर्षकमा शुल्क लिन पाउने दायरा

0
2

झापा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याव्सन झापाले विभिन्न १४ वटा शीर्षकमा शुल्क लिन पाउने दायरा तोकेको छ ।

प्याव्सन झापाको हिजो बसेको बैठकले विद्यालयहरुमा संकलन गरिने शुल्कको शीर्षकहरुलाई सीमांकित गरी अधिकतम शुल्क शीर्षकको दायरा तोकेको हो । कुनै पनि विद्यालयहरुलाई यसभन्दा अन्य शीर्षकमा शुल्क संकलन गर्न निषेध गरिएको प्याव्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले बताए ।

प्याव्सन झापाले तोकेको शुल्कका शीर्षकहरु यसप्रकार छन् ।
मासिक पढाइ शुल्क– कक्षा कोठामा पठनपाठन सञ्चालन गर्न ,शैक्षिक कार्य सञ्चालन, शिक्षक एवम् कर्मचारीहरुको तलबभत्ता वापत ।
– वार्षिक शुल्क–खेलकुद, अतिरिक्त क्रियाकलाप, प्रयोगशाला, विद्यालय भवन मर्मत, पुस्तकालय र प्राथमिक उपचार वापत ।
– भर्ना शुल्क– विद्यार्थीको रजिस्ट्रेशन, व्यक्तिगत प्रोफायल अद्यावधिकीकरण, भर्ना फाराम छपाइ आदि वापत ।
– धरौटी शुल्क– विद्यालय अवधिभर विद्यार्थीले तिर्नुपर्ने कुनै बक्यौता हुन गएमा त्यसको सुरक्षण बापत ९फिर्ता हुने गरी० ।
–  परीक्षा शुल्क– त्रैमासिक, अर्धवार्षिक, वार्षिक लगायतका परीक्षा सञ्चालन तथा नतिजा तयारी लगायतका योजना कार्य सञ्चालन वापत ।
– कम्प्युटर शुल्क– कम्प्युटर विषय शिक्षण, कम्प्युटर साक्षरता कोर्स सञ्चालन, कम्प्युटर मर्मत बापत ।
– स्थानान्तरण प्रमाणपत्र शुल्क– प्रमाणपत्र छपाइ र वितरण वापत
– विशेष प्रशिक्षण शुल्क–जुडो, मार्सल आर्ट पौडी, गायन, नृत्य, खेलकुद, संगीत र साहित्यिक क्रियाकलापको प्रशिक्षण तथा विभिन्न प्रकारका तालिम प्रशिक्षण पारिश्रमिक बापत ।
– आवास शुल्क– आवासीय विद्यार्थीको लागि सिरक, विछ्यौना खरिद, आवास सरसफाइ, खानेपानी, बिजुली, खाना तथा खाजा र सुरक्षा बापत ।
– भोजन शुल्क– विद्यालय आवासमा नरहने तर विहानी एवम् दिउँसोको खाना खाजा विद्यालयमै खाने विद्यार्थीहरुका लागि ।
– परिवहन शुल्क– विद्यार्थीलाई घरबाट विद्यालयसम्म लैजान र पुर्‍याउनका लागि प्रयोग गरिने सवारी साधनको इन्धन , चालकको पारिश्रमिक तथा मर्मत खर्च बापत ।
–  शैक्षिक भ्रमण– विद्यार्थीको व्यवहारिक ज्ञान अभिवृद्धिका लागि अन्तर–विद्यालय भ्रमण, पर्यटकीय क्षेत्र भ्रमण तथा सञ्चालन बापत ,इन्टर्नसीप संचालन वापत ।
– अन्तर विद्यालय प्रतियोगिता सञ्चालन– विद्यार्थीको बौद्धिक तथा शारीरिक विकासका लागि उपयोगी प्रतियोगिता सञ्चालन बापत ।
– शैक्षिक सामग्री शुल्क–कक्षा शिक्षणका लागि आवश्यक पर्ने छपाइ र श्रव्य–दृश्यजस्ता सामग्री खरिद बापत ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here