झापा ।

याक्थुङ मुन्धुममा आधारित चलचित्र “छुट्टिएको गाउँ”को ट्रेलर सार्वजनिक गरिएको छ ।
तमोर टेलिभिजन ताप्लेजुङको प्रस्तुति रहको चलचित्रमा याक्थुङहरूको जन्म देखिको मृत्यु सम्मको संस्कार, सभ्यता याक्थुङ लिम्बुहरूको मौलिक संस्कार संस्कृति हराउदै गएको मौलिक मुन्धुमहरूलाई पूर्ण उत्थान गर्ने उद्देश्यका साथै हराएर गइरहेको याक्थुङ मुन्धुम र मुन्धुम स्थल साथै तमोर सभ्यतालाई विश्वभरी प्रचार प्रसार गर्ने उद्देश्यले याक्थुङ मुन्धुममा आधारित चलचित्र छुट्टिएको गाउँ निर्माण गरेको निर्माण पक्षले जनाएको छ ।
चलचित्रलाई याक्थुङहरूको जन्म देखिको मृत्यु सम्मको संस्कार र सभ्यता शुरु भएको ठाउँ ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकामा रहेका तमोर खोलाको मुन्धुम स्थलहरूमा छायाँकन गरिएको छ । चलचित्रमा नेपाल ,सिक्किम र दार्जिलङका चर्चित कन्टेन्ट क्रिएटरहरूको अभिनय रहेको छ ।
चलचित्रमा विशेष भूमिकामा याक्थुङ स्टारका अन्जना नाल्बो र रबिन लेछर्बोका साथै चर्चित कन्टेन्ट क्रिएटर स्टार सप्पन सुब्बा (दार्जिलिङ) बुद्ध सुब्बा, लक्ष्मी फुरुम्बो लिम्बू,नाजम लिम्बू ,नासम लिम्बू, डम्बर राज राई , मेनुका गुरुङ (सिक्किम) ।
त्यसैगरी नरेन्द्र लिम्बू झापा,हाङद्रुङ बोइस ताप्लेजुङ,सन्जिता धिमाल पथरी शनिचार्य, मोरङ, नासपातेनी कान्छी र गीता माङबुहाङ (तेह्रथुम) मोडल हिमाल लेछरबो लिम्बू,अपसु लिम्बू,दिलमान बेगा लिम्बू ,साम्यहाङ लिम्बू ,सुनिता वानेम लिम्बू, रवि किरण लिम्बू, येबा सामबा साथै अन्य चर्चित कलाकारहरुले अभिनय गर्नु भएको छ ।
चलचित्रले याक्थुङ लिम्बूहरूको मौलिक संस्कार संस्कृती हराएर गएको मौलिक मुन्धुमहरूलाई पूर्ण उत्थान गर्नलाई ठूलो भूमिका खेल्ने चलचित्र छुट्टिएको गाउँ चाँडै प्रदर्शनमा आउने तयारीमा रहेको याक्थुङ मौलिकता बचाउ अभियान्ता र मुन्धुम स्थल खोज अनुसन्धानकर्ता मुन्धम कथा संकलक तथता निर्देशक ब्रोसेस माबोहाङ लिम्बू बताउनुहुन्छ ।



























