कमल ।

कमल नगर जेसीजले आज एक कार्यक्रमका बिच भित्तेपात्रो विमोचन तथा नयाँ वर्ष २०८३ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम कमल नगर जेसीज वर्ष २६ का अध्यक्ष जेसी देवराज भण्डारी( महेश) को अध्यक्षता तथा वर्ष २६ का कानुनी सल्लाहकार जेसी हरी अधिकारीको संयोजकत्वमा कमल ४ स्थित जेसीजको सचिवालयमा भित्तेपात्रो विमोचन गर्नुका साथै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको थियो ।
कमल नगर जेसीजले समाज परिवर्तनकालागी गरेको योगदान र सकारात्मक काम कै कारण सबैको मन जित्न सफल भएको भन्दै आगामी दिनमा समाज रुपान्तरणका लागी अझ शसक्त भएर काम गर्नु पर्ने समय आएको कमल नगर जेसीजका वर्ष १८ का अध्यक्ष जेसी केदार कटुवालले बताउनु भयो ।
जेसीजले समाजमा समस्यामा परेका व्याक्तिहरुलाई सहयोग गर्नुको साथै सकारात्मक काम गर्दै आएको छ । यसैले जेसीज संगको समन्वय र सहकार्यका हरेक संघ सस्था कार्यक्रम गर्न तत्पर रहेको बताउदै आगामी दिनमा अझ युवा मैत्री कार्यक्रम सन्चालन गर्नु पर्ने वेला आएको आजिवन सदस्य तथा कार्यक्रममा प्रमुख अतिथी जेसी राजन बहादुर ढुङ्गानाले बताउनु भयो ।
कार्यक्रम कमल नगर जेसीज वर्ष २६ की महासचिव जेसी मनिषा कठायतले सञ्चालन गर्नु भएको थियो भने वर्ष २३ का अध्यक्ष जेसी रेजु कार्कीले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो । कार्यक्रममा जेसीजका पदाधीकारी, सेनेटर आजिवन सदस्य लगायतको उपस्थिती रहेको थियो ।































