४८ हजार ५ सय ९५ रुपैयाँ राहत वितरण

0
314

विर्तामोड भदौ १७ । हिन्दु महिलाहरुको महान चाड तिज मनाउने खर्च कटाएर विर्तामोडस्थित कृषिथोक बजार परिषरका महिलाहरुको अगुवाईमा संकलित राहत विर्तामोडस्थित कृषिथोक बजारमा गत भदौ १ गते भएको आगलागी पीडितलाई राहत प्रदान गरिएको छ।
विर्तामोडस्थित बुधबारे हटिया भित्र र हटियाबाहिर बाटो पश्चिम लाइनका व्यापारी व्यवसायीबाट संकलित ४८ हजार ५ सय ९५ रुपैयाँ राहत स्वरुप वितरण गरिएको स्थानीय व्यवसायी राधिका चुडालले जानकारी दिनुभयो ।
संकलित रकम बुधवारे बजार व्यापारी समूहका अध्यक्ष खेमराज खरेललाई संकलित रकम उपस्थित व्यापारीहरुले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
रकम ग्रहण गर्दै अध्यक्ष खरेलले आगलागी पीडितको दुखमा सहयोग गरेको भन्दै धन्यवाद प्रकट गर्नुभएको थियो ।
भदौ १ गते बुधवारे हटियाको एक मिनीमार्केटमा आगलागी हुँदा १ करोड ५१ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here