कनकाईको विवाद सुल्झियो

0
399

बिर्तामोड, भदौ १७ । कनकाई उद्योग वाणिज्य संघ सुरुङ्गामा देखिएको विवाद समाधान भएको छ ।
जिल्ला प्रशासन कार्यालय झापामा विहीवार भएको छलफलबाट समस्याको समाधान भएको हो । प्रमुख जिल्ला अधिकारी मदन भुजेलसहित संघको पुरानो कार्य समिति, निर्वाचन समिति र उजुरी कर्ताबीच भएको छmफलबाट विवाद टुङ्गिएको हो । छलफबाट चुनावमा केही प्राविधिक त्रुटि भएपनि स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न भएको निष्कर्ष निकालेको बताइएको छ ।
यता प्रमुख जिल्ला अधिकारी भुजेलले चुनाव शान्तिपूर्ण र निष्पक्ष सम्पन्न भएको बताउदै केही प्राविधिक कमजोरी भएको र तीनलाई आगामी दिनमा सच्चाएर जान निर्देशन दिएका छन् ।
केही समय अघि भएको निर्वाचनबाट कुमारमणि पोखरेल सहितको टीम निर्वाचित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here