भद्रपुरमा सडक नाटक

0
541

भद्रपुर, भदौ १७ । एउटै लक्ष्य एउटै सार, मानव बेचविखनको अन्त्य हाम्रो साझा सरोकार भन्ने मूल नाकाका साथ झापाको भद्रपुरमा शुक्रवार सडक नाटक सम्पन्न भएको छ ।
मानव बेचविखन विरुद्धको जिल्ला कार्य समिति झापाले मानव बेचविखन तथा ओसारपोसार नियन्त्रणको १० औ राष्ट्रिय मावन बेचविखन विरुद्धको दिवसको अवसरमा साप्तह व्यापी कार्यक्रम अन्तरगत सडक नाटक सम्पन्न गरेको हो । नेपालमा बढ्दो मानव बेचविखन तथा ओसारपोसार नियन्त्रण हामी सबैको सरोकार भन्ने सन्देश जनमानसमा दिने उदेश्यले सडक नाटक आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भद्रपुर ६ स्थित कृष्णमन्दिर अगाडी आयोजित सडक नाटकलाई क्षितिस नाटक समूह विर्तामोडका कलाकारहरुले सहजिकरण गरेका थिए । समूहका लेखन निर्देशक माधव कलपित, रेडियोकर्मी निरज पोखरेल, शिला राई, समिक्षा खवितडा, केसी अन्जान, माधवप्रसाद सिटौला, किरण भेटवाल, मधु खनाल, मुना प्रसाई, शिला उप्रेती र अनिता पौडयालले नाटक प्रस्तुत गरेका थिए
झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द अधिकारी, जिल्ला प्रहरी कार्यालय झापाका एसपी शैलेस क्षेत्री थापा, सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय झापाका एसपी शान्तिकुमार कार्की, राष्टिय अनुसन्धानका उपनिर्देशक कृष्ण खनाल, महिला तथा बालबालिका कार्यालयका प्रमुख इन्द्रीरा ओझा, भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरे लगायतको सहभागिता रहेको थियो । भदौ १४ देखि २० गते सम्म सञ्चालन हुने यस साप्तहव्यापी कार्यक्रमको सहयोगि कार्यालयहरु म्हिला तथा बालबालिका कार्यालय, जिल्ला प्रहरी कार्यालय, गैसस महासंघ झापा, भद्रपुर र दमक नगरपालिका, शान्ति समूह, भिजन, कञ्चनजंघा र मेची टियुन्स रेडियो रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here