दमक महोत्सवको नाफा साढे २३ लाख

0
614

दमक, दमक उद्योग बाणिज्य संघले बाणिज्य संघको इतिहासमै महोत्सवबाट पहिलोपटक सर्वाधिक आम्दानी गर्न सफल भएको दाबी गरेको छ । गतपुस २७ गतेदेखि माघ ८ गतेसम्म सञ्चालन भएको महोत्सवको आय–व्यय सार्वजनिक गर्दै यस्तो दाबी गरिएको हो ।
दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालका अनुसार महोत्सवबाट २३ लाख ५८ हजार १ सय ८८ खुद नाफा भएको छ । अझै २देखि ३ लाख प्रतिबद्धता गरेको रकम आउन बाँकी रहेको उनले बताए । यो रकम पूर्व प्रतिबद्धता बमोजिम इलम प्रशिक्षण केन्द्रको ब्यवस्थापन र ब्यवसायिक हितकोषमा खर्च गरिने उनले जानकारी दिए ।
महोत्सव मूल व्यवस्थापन समितिका संयोजक राजन दंगालले दमक महोत्सव निर्वाध रुपमा सम्पन्न भएको जनाए । महोत्सवको समयमा चोकमा सजावटका लागि राखिएका गमला तथा फूल नउठाइने समेत बाणिज्य संघले जनाएको छ ।
यसैगरी दमक बजार तथा चोकमा बाणिज्य संघले डस्टवीनको समेत ब्यवस्था गर्ने भएको छ । महोत्सवको समयमा ल्याइएका डस्विनहरु चोक तथा बजारमा राखिने तयारी भएको बाणिज्य संघका द्वितीय उपाध्यक्ष युवराज घिमिरेले बताए । उनले यो सरसफाईका लागि संघको योगदानको रुपमा अघि बढाइने उल्लेख गरे । संघमा आयोजित पत्रकार सम्मेलनको सञ्चालन प्रथम उपाध्यक्ष गोपाल अग्रवालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here