झापाका औलो प्रभावित क्षेत्रमा २० हजार थान झुल वितरण

0
407

झापा , लामखुट्टेको टोकाइबाट लाग्ने औलो रोग नियन्त्रणका लागि झापाका अतिप्रभावित क्षेत्रमा २० हजार थानभन्दा बढी झुल ९सुपानेट० वितरण गरिएको छ ।
जिल्लाका अतिप्रभावित काँकडभिट्टा, बाहुनडाँगी र पृथ्वीनगरका स्थानीयवासीलाई झुल वितरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत मधुसुधन कोइरालाले जानकारी दिए।

उनका अनुसार मेचीगनर–१० स्थित काँकरभिट्टामा ११ हजार थान, बाहुनडाँगी सात हजार २०० र भद्रपुर–२ स्थित पृथ्वीनगरमा ९२० थान झुल वितरण गरिएको छ । ‘स्वास्थ्य मन्त्रालयको सहयोगमा उपलब्ध झुल वितरण गरेका हौँ’ उनले भने, ‘पछिल्लो समययता यी तीन स्थानमा औलोको जोखिम बढी देखिएको छ।’

यता, जिल्लामा सन् २०१२ देखि औलो रोग क्रमशः घट्दै गएको कार्यालयको तथ्यांकले देखाउँछ । पछिल्लो चार वर्षको तथ्यांक हेर्ने हो भने झापामा क्रमशः औलो रोग नियन्त्रण हुँदै गएको छ। आव २०७०÷७१ मा ८९ जना, ०७१÷७२ मा ५८ जना, ०७२÷७३ मा ४२ जना र आव ०७३÷०७४ मा ८ जनामा मात्र औलो रोगी फेला परेको कार्यालयका भेक्टरकन्ट्रोल अधिकृत बेदप्रसाद घिमिरेले जानकारी दिए।

औलो नियन्त्रणका लागि सन् २००८ देखि सन् २०१५ सम्ममा झापामा करिब दुई लाख थान सुपानेट ९झुल० वितरण गरिएको थियो । गाउँ तथा शहरी गरी ६६ वटा स्वास्थ्य संस्थाबाट द्रुत निदान विधिबाट औलोको निःशुल्क परीक्षण तथा औषधि वितरण हुँदै आएको घिमिरेले बताए।

औलो लामखुट्टेको माध्यमबाट सर्ने एक सरुवा रोग हो । प्लाज्मोडियम भन्ने परजीवीका विभिन्न जातका कारण यो रोग लाग्ने गर्दछ । पोथी एनोफिलिस जातको लामखुट्टेले मानिसलाई टोकेमा औलोको संक्रमण हुन सक्छ।

सन् २०२६ सम्ममा नेपाललाई औलो मुक्त बनाउने सरकारी लक्ष्य रहेको छ । सरकारले मुलुकका ६५ जिल्लालाई औलो जोखिमयुक्त जिल्लाको रुपमा लिएको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here