धेरैलाई रुवायो पर्खालले

0
851

सुरेन्द्र भण्डारी
नेपालको मल्लकालीन समय रंगमञ्चका लागि ‘स्वर्णिम युग’ मानिन्छ । मनोरञ्जनसँगै समाजमा सकारात्मक सन्देश प्रवाहको शसक्त माध्यम कला हो । हलहरुमा देखाइने चलचित्र भन्दा फरक नाटकको अभिनय बढी सशक्त मानिन्छ । खेलेर, पर्चा टाँगेर, बोलेर, भिडियो खिचेर देखाउँदा मानिसले जति बुझ्न सक्छन् त्यो भन्दौ सयौं गुणा प्रत्यक्ष अभिनय हेर्दा बुझ्छन् । यही कारण नाटक बढी प्रभावकारी मानिदै आएको छ ।
चलचित्रलाई नक्कली हाँसो र आँशु सोच्नेहरु पनि प्रत्यक्ष नाटक हेर्दा पेट मिचिमिचि हाँस्छन् अनि भावुकतामा डुब्छन् पनि । उनीहरु मन कुडाउँदै रुन्छन् पनि । छोटो समयमै सिंगो जीवन कथा देखाउन नाटकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले दर्शकहरु अभिनय अनुसार आफूलाई बदल्दै नाटकमै केन्द्रिकृत हुन्छन् ।
मनोरञ्जनको साधन मानिएको नाटक केही समय अघिसम्म राजधानीमा सिमित नाट्य घरमा मात्र देखाइन्थो । तर, केहीसमय यता मोफसलमा पनि रंगकर्मीले नाटक देखाउन थालेपछि नाटकको स्वाद चाखेकाहरुले नाटक हेर्न चाख देखिएपछि युवा वर्गपनि नाटक प्रति आर्कसित बनेका छन् । अहिले मोफसलका रंगमञ्चमा देखाइने नाटक हेर्नेको लर्काे नै लागेको छ । केही महिना अघि श्याम साहको कथामा आधारित नाटक लाटीको छोरो झापाको बिर्तामोडमा प्रर्दशन गरिएको थियो । राजधानीमा रहेका नाटक घरमा देखाएझैं गरी बिर्तामोडमै पहिलो पटक सो नाटक देखाएपछि यहाँका दर्शकले नाटक हेर्ने रुची देखाए । लगत्तै मोफसलमा रहेको क्षितिज नाट्य समूहले मोरङको झोराहाट नाट्य समूहसंग सहकार्य गरी अहिले बिर्तामोडस्थित अतिथिसदनमा नाटक पर्खाल प्रर्दशन गरिहेको छ ।
भरत गुरागाईको लेखन र प्रयाग न्यौपानेको निर्देशनमा तयार पारिएको पर्खाल पारिवारीक कथा वस्तुमा आधारित छ । मण्डला थिएटरले मोफसल केन्द्रित नाटक लाटीको छोरो प्रस्तुत गरेपछि नाटकको स्वाद चाखेका यहाँका दर्शकले अहिले पनि पर्खाको स्वाद लिइरहेका छन् । पर्खाल अपुरो भएपनि दर्शकले मनोरञ्जन भने भरपूर लिइरहेको पाउन सकिन्छ । मन्दिरको नाममा २०२४ सालबाट मात्रै नियमित नाटक मञ्चनको नेपाली इतिहास रहेको पाउन सकिन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन र कुन्जनीलाई गिती नाटक बनाएर प्रदर्शन गरेको इतिहास पनि छ । त्यो बेला तबला हार्माेनियम र मादलको भरमा नाटकमा प्राण भरिन्थ्यो । राति लाल्टिनको सहारापनि उत्तकै महत्व हुन्थ्यो । तर, अहिले विद्युतीय उपकरणको सहयोगमा नाटक प्रर्दशन गर्न थालिएको छ । बिर्तामोडको अतिथि सदनमा प्रर्दशन भइरहेको पर्खालमा पनि आधुनिक उपकरण प्रयोग छ ।
‘सिनेमा’को पर्दाको स्वाद चाखेका दर्शकले नाटकको स्वाद चाखेपछि मोफसलमा मञ्चन गरिएका नाटकले दर्शकको ध्यान खिच्दै लगेको देख्न सकिन्छ । क्षितिज नाट्य समूहका संयोजकसमेत रहेका रंगकर्मी माधव कल्पित भन्छन् – रंगमञ्चका लागि यो सुखद र आश्चर्यजनक पनि हो ।
झापामै वृहत सांस्कृतिक संग्रहालयसहितको ‘झापा नाट्यघर’ बनाउने लक्ष्य सहित पूर्वका दर्शकलाई पर्खाल देखाउन थालिएको छ कल्पित भन्छन् – ‘मानव मन विभाजनको एउटा लक्ष्मण रेखा हो पर्खाल , १ घण्टा १० मिनेटमा पर्खालमा दर्शकले जीवन देख्न सक्छन् ।

किन अपूरो छ पर्खाल ?
पारिवारिक कथा वस्तुमा आधारित भएपनि नाटक ‘पर्खाल’ समसाकयिक छ । पारिवार भित्रको द्वन्द्व नाटकमा प्रस्तुत गर्न खोजिएको छ । मन भित्र उब्जिएको अहंकारका कारण परिवार बिग्रिएको र त्यसले समाजलाई समेत असर पारेको देख्न सकिन्छ नाटकमा । नाटकका निर्देशक न्यौपाने स्वयम भन्छन्– ‘परिवार भित्रको द्वन्द्वले समाजमा असर प¥याएको नाटकमा देखाइएको छ, त्यो राम्रो होइन समाजमा मेलमिलाप गरेर बस्न सक्नु पर्छ ।’
नाटकको मध्यभागबाट परिवर भित्रको कलह उत्सर्गमा पुगेको देख्न सकिन्छ । जसका कारण दाजुभाईको पारिवार भाँडिएको छ । बिग्रिएको सम्वन्ध पर्खालले जोड्न सकेको छैन । नाटकका निर्देशक न्यौपानेकै भनाईलाई आधार मान्ने हो भनेपनि घर परिवारको सम्वन्ध नै सुमधुर हुँदैन भने समाजमा कसरी मिलेर बस्न सकिन्छ ? असमझदारीका कारण दाजुभाईको फुटेको सम्वन्धलाई जुटाएको भए पर्खाल पूरा हुने थियो । तर, आपसी विवादका कारण दाजुले लगाएको पर्खाल नभत्किँदै नाटक समापन हुनुले पर्खाल स्वतः अपूर्ण छ ।
पर्खाल भत्काउने सेतुको काम भतिजाले गरेपनि वुवाको अहमताका कारण सक्दैन । कथाले आम जनजीवनलाई समेट्ने प्रयास गरेपनि पारिवारिक समस्या समाधान नभइ नाटक सकिएकाले नाटक अपूर्ण छ ।
एक आमाका दुई छोरा,दाजुको अंहम्कारका कारण धन सम्पत्तीलाई विषयवस्तु बनाएर परिवारका कलह सिर्जना हुनु , दाजुले कान्छी श्रीमती भित्र्याउनु , सौतेनी आमाको हेपाह प्रवृतिका कारण छोरीको भविश्य विग्रर्नु , छोरालाई डकैती र हत्याको अभियोगमा प्रहरीले गिरफ्तार गर्नु, प्रहरीको ज्यादती देखाइनु, काकाले भतिजालाई प्रहरीे हिरासद्बाट मुक्त गराउन खोज्नु , सौतेनी आमाले छाडेर गएपछि अलपत्र परेकी छोरीलाई काकाकी छोरीले संरक्षण गर्नु र दाजुभाईबीचमा लागेको पर्खाल भतिजाले तोड्न खोज्नु नै कथाको सांरस हो । दाजुको परिवार विग्रिएको नाटकमा देखाएको छ । भाईको परिवार समाजमै उदाहरणीय देखाइएको छ । कुरौटेको भूमिका निर्वाह गर्ने पात्रले दाजुको परिवार भाँडेको कथामा देखाइएको छ । तर, लागेको पर्खाल भत्काउने प्रयास नगरिनु र दाजुभाईको आहंकारका कारण पारिवारिक सम्वन्ध समाजले पनि सुधार्न नखोज्नुले नाटकले जति सन्देश दिनुपर्ने हो त्यत्ति दिन सकेको छैन ।
परिवार भित्र द्वन्द्व सृजना भए समस्या हुने परिवारको समस्या समाधान नभई नाटक सकिएकाले नाटक अपुरो भएको बिताउँछिन् बिर्तामोड निवासी माया सिटौला । उनी मात्र होइन बिर्तामोडका राजु गौतम भन्छन्–समाजमा भाइचारको सम्वन्ध स्थापित गराउने भूमिका निर्वाह नाटकले गरेको भए नाटक अझ सार्थक हुनेथियो तर, नाटकमा दाजुभाईको मनमुटावमै नाटन सकिएकाले दर्शकले सकारात्मक सन्देश कम लिन सक्छन् कि भन्ने भान मलाई भा छ ।
चलचित्रमा हेरेको काल्पनिक दृष्य भन्दा प्रत्यक्ष हेरेको नाटकले धेरै मन छुँदो रहेछ गौतमले भने– परिवार विग्रिएको कारुणीक दृष्य र वहिनीले लागेको पर्खाको प्वालबाट दिदीलाई खाना खुवाएको दृष्य देख्दा आँशु अडिएनन् ।
गौतम जस्तै शिवसताक्षी निवासी लालपानीकी सुजता पाठकले पनि नाटकले आफ्नो मात्र नभई आम दर्शकको मन जितेको बताएकी छिन् । उनले भनिन्–नाटक हेर्दा परिवार भित्रको कलहले घर विग्रिएको दृष्य देख्दा आशु झर्दा रहेछन् , हामीले नाटक हेरिरहदा आफ्नै घरमा घटेको घटना झैं लाग्नु नै नाटक हेर्नुको मज्जा हुँदो रहेछ ।

नाटकमा अभिनय

निर्माण तथा परिकल्पना माधव कल्पितले गरेको पर्खालमा नाटकका लेखक
भरत गुरागाईले स्वयम जड्याहा दाजुको भूमिका निर्वाह गरेका छन् ।
निर्देशक रहेका प्रयाग न्यौपानले प्रहरी इञ्चार्जको भूमिका निर्वाह गरेका छन् । त्यस्तै झापाली कान्छा अभिषेकले भाईको भूमिका निर्वाह गरेका छन् भने खुशी शर्मा, भीमा खतिवडा, गजेन्द्र पृथक, सुनिता कट्टेल, मनिषा वराल, निराशा ढुगेंल, अनु श्रेष्ठ, सविन कोइराला , अनिल सरदार, सुदीप कार्की, प्रदीप सरदार, पशुपति लुइटेल लगायतले अभिनय गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here