लागू औषध दुव्र्यसन विरुद्धको युवा सचेता

0
593

भद्रपुर ,चैत्र १८ ।  चन्द्रगढीमा एक दिने युवा परामर्श तथा लागू औषध दुव्र्यसन विरुद्धको युवा सचेता कार्यक्रम सम्पन्न भएको छ ।
चेतना नेपाल भद्रपुर झापाको प्राविधिक सहयोग तथा राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति झापाको आयोजनामा सम्पन्न सचेतना कार्यक्रमको उद्घाटन जिल्ला समन्वयन समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले गर्नु भएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका पोर्तेलले समाजलाई शुसुचित गर्ने अभियानमा सवै युवाहरु एक जुट भएर लाग्नु पर्ने वताउदै समाज रुपान्तरणमा युवाहरुको सकृय भुमीका आजको आवश्यकता रहेको बताउनु भयो ।
उहाँले समाजमा हुने गरेका कमी कमजोरीहरुलाई औंल्याउदै दोष अर्कोलाई थुपारेर पन्छिने प्रवृतिको अन्त गर्र्दै अवका युवाहरुले समाजमा उल्लेखनीय भुमिका निर्वाह गर्नु पर्नेमा समेत जोड दिनु भयो ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै समिति झापाका अध्यक्ष छविलाल चँुडालले नेपाल भारत संगको खुला सिमानाका कारण वढी दुव्र्यसनिहुने गरेको वताउदै दुव्र्यसन नियान्त्रणका लागि समाजमा युवाहरुको भुमिका अपरिहार्य रहेको वताउनु भयो ।
समिति अध्यक्ष चुडालको अध्यक्षता तथा भद्रपुर नगरपालीकाका मेयर जीवनकुमार श्रेष्ठको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन परिषका प्रशासकीय अधिकृत ज्ञान बहादुर पौडेलले गर्नु भएको थियो ।
चेतना नेपालका अध्यक्ष ईन्द्रप्रसाद ओली र जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी निरिक्षक किशोर लम्सालले सहजी करण गरेको कार्यक्रममा विभिन्न युवा क्लवका सदस्यहरु तथा क्याम्पशहरुमा अध्यानरत ६ दर्जन भन्दा माथिका युवायुवतीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here