आशिष स्मृति पत्रकारिता पुरस्कार ढकाललाई

0
974

इलाम , वैशाख १ । यस वर्षको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ बाट इलामका पत्रकार नमीन ढकाल पुरस्कृत भएका छन्। मेची अञ्चलको उत्कृष्ट र उदियमान पत्रकारलाई हरेक वर्ष बैशाख १ गते प्रदान गरिदैं आएको पुरस्कार यस बर्ष थाहा खबरका इलाम सम्वाददाता एवम स्थानिय सन्देश साप्ताहिकका सहसम्पादक ढकाललाई प्रदान गरिएको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथी प्रदेशसभा सदस्य राम राना र धिरेन्द्र शर्मा रमणले दोसल्ला, सम्मानपत्र र नगद १० हजार रुपैयाँ प्रदान गरे । इलाम सदरमुकाम स्थापना भएको २ सय बर्षको उपलक्ष्यमा आयोजित कार्यक्रम भित्रै समावेश गरेर आशिष स्मृती पत्रकारिता पुरस्कार वितरण गरिएको थियो ।
रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता आशिष राईको २०५९ साल वैशाख १ गते इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर निधन भएपछि उनको संझनामा वि.स. २०६० सालमा इलामका सक्रिय पत्रकारहरुको अगुवाइमा ‘आशिष स्मृति पत्रकारिता पुरस्कार कोष’ को स्थापना गरिएको थियो । त्यसयता हरेक वर्ष मेचीका क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने गरिएको छ ।
अघि सो पुरस्कारबाट इलामका पत्रकार बेनुप भट्टराई, राजु शिवा, तोयानाथ भट्टराई, राजकुमार दाहाल, युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, भीम चापागाईं, पाँचथरका गणेश साङ्पाङ्ग, झापाका मोहन काजी र रमेश समदर्शी राई तथा ताप्लेजुङ्गका आनन्द गौतम र सिता निरौला पुरस्कृत भइसकेका छन् ।
महासंघ इलामकी अध्यक्ष कोकिला ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्व आशिष राईले इलामको पत्रकारिता क्षेत्रमा र्पुयाएको योगदानका विषयमा चर्चा गरिएको थियो । नेपाल पत्रकार महासंघ इलामका संस्थापक सभापती धर्म गौतमले स्व. आशिष राईले इलाममा पत्रकारिकताको विकास गर्न महत्वपूर्ण योगदान गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here