नयाँ बर्षको कोसेली “आँखा “

१ बैशाख २०७५, शनिबार मा प्रकाशित

बिर्तामोड, बैशाख १ ।  चर्चित गीताकार अम्बिका गुरुङले नेपाली नयाँ वर्षको पहिलो दिनमै अमेरिकाबाट आपूmलाई माया गर्ने स्रोता दर्शकलाई उपहार दिएकी छन् । गायक वीरेन्द्र श्रेष्ठको स्वरले सज्जित अम्बिका गुरुङको शब्दमा रहेको आँखा लाउँछन् बोलको आधुनिक गीतको भिडियो बैशाख १ गते दर्शकमाझ प्रस्तुत गरेको गायक वीरेन्द्रले बताए ।

दुई दर्जन गीतमा सुमधुर स्वर दिइसकेका गायक श्रेष्ठ र चर्चित गायिका मेलिना राईको स्वर रहेको यो गीतको भिडियो तयार नहुँदै स्रोतामाझ लोकप्रिय भइसकेको थियो । पूर्वी नेपालको अधिकांश एफएम रेडियोमा धेरै स्रोताको रोजाइमा पर्ने आँखा लाउँछन् बोलको उक्त गीतको भिडियो बजारमा आएपछि अझ बजार हिस्सा ओगट्ने आशा गरिएको छ । नेपालमा रहेका दर्शक स्रोताले यस गीतलाई भावसागर इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट हेर्न र सुन्न पाउने छन् ।

धुलिखेलको एक रिसोर्टमा छायाँकन गरिएको भिडियोमा गायक श्रेष्ठले बाल कलाकार आयुष र अंशुलाई यस भिडियोमार्फत आप्mनो म्युजिक भिडियोमा प्रस्तुत गराएका छन् भने ठुलो पर्दाबाट डेभ्यु गरेकी सुप्रिया श्रेष्ठ र चल्तीका मोडल निपुण श्रेष्ठलाई सो गीतको पर्दामा देख्न पाइनेछ । अत्याधुनिक प्रविधिको प्रयोग गरी तयार गरिएको भिडियोमा निर्देशक सञ्जय बरालले आप्mनो उत्तम निर्देशन कला समेत पोखेका छन् ।

संयुक्त राज्य अमेरिकामा बस्दै आएकी कवियत्री एवम् गीतकार गुरुङले नयाँ वर्ष २०७५ को उपलक्षमा सम्पूर्ण देश विदेशमा रहनु भएका नेपाली दाजुभाइ दिदीबहिनी हरुमा शुभकामनास्वरुप यो भिडियो दर्शक स्रोतामाझ सम्पिएकी हुन् । साथै, गायक वीरेन्द्र श्रेष्ठले नयाँ वर्षको अवसरमा शुभकामनासहित नयाँ भिडियो ल्याएको भन्दै दर्शक स्रोतालाई नेपाली गीत संगीतलाई माया गरिदिन आग्रह गरेका छन् ।

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here