राजधानीसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित वर्षा

0
431

काठमाडौं,

राजधानीसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित वर्षा भइरहेको छ। मुलुकभर मौसम बदली हुनका साथै केही भू–भागमा मेघ गर्जनसहित वर्षा र सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली हुन्का साथै अधिकांश भू–भागमा वर्षा रहेको महाशाखाले जनाएको छ। हाल काठमाडौं उपत्यका लगायतका देशका केही भागमा हावाहुरीसहित वर्षा भइरहेको छ।

महाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘पहाडी भेगका थोरै स्थानहरुमा अपरान्ह पछि वा साँझतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।’ यस्तै महाशाखाले जनाए अनुसार आगामी आइतबार सम्मनै देशको पहाडी भेगमा आंशिक बदली रहनेछ भने बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने र पश्चिमी पहाडी भेगका एक वा दुई स्थान लगायत पूर्वी र मध्य पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको जनाएको छ।

यस्तो छ महाशाखाले आगामी आइतबारसम्म गरेको मौसमको पूर्वानुमान

वैशाख ६ गते (शुक्रबार) दिउँसोः

देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भेगका थोरै स्थानहरुमा अपरान्ह पछि वा साँझतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ। रातिसम्म देशको पहाडी भेगमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू- भागमा सामान्यतया सफा देखि आंशिक बदली रहनेछ। पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।

बैशाख ७ गते (शनिबार) दिउँसोः

देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भेगका थोरै स्थानहरुमा अपरान्ह पछि वा साँझतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ। रातिसम्म देशको पहाडी भेगमा आंशिक बदली र अन्य भू-भागमा सामान्यतया सफा रहनेछ। पहाडी भेगका एक वा दुई स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

बैशाख ८ गते (आइतबार) दिउँसोः

देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ । राति देशको पहाडी भेगमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी पहाडी भेगका एक वा दुई स्थान लगायत पूर्वी र मध्य पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here