को हुन् अन्तरलिङ्गी? हालसम्म ४० भन्दा बढी प्रकारका अन्तरलिङ्गी फेला

१० कार्तिक २०७७, सोमबार मा प्रकाशित

अन्तरलिङ्गी जनचेतना दिवस
वर्षेनी अक्टोबर २६ तारिखमा अन्तरलिङ्गी जनचेतना दिवस मनाइने गरिन्छ । सन् १९९६ मा अमेरिकामा अन्तरलिङ्गी समुदायले गरेको पहिलो सार्वजनिक पर्दशनको संझनास्वरुप यस दिवसलाई मनाउन शुरु गरिएको हो । विश्वमा अझै पनि लैगिंक आधारमा भेदभाव गरिने चलन कायम छ, फलस्वरुप अन्तरलिङ्गी समुदायहरुका मान्छेहरुले आफ्नो परिचय अनि समानताको पैरवी गर्ने आजको दिनलाई विश्वभरि निकै गहनताका साथ मनाइने चलन छ । संयुक्त राष्ट्र संघको परिभाषा अनुसार पुलिङ्गी वा स्त्रीलिङ्गी शरीरका परम्परागत धारणाहरूमा नअटाउने यौन विशेषताहरू (यौनाङ्ग, प्रजनन ग्रन्थी तथा गुणसुत्रको ढाँचा) भएका व्यक्तिहरूलाई अनतरलिङ्गी व्यक्तिहरू भनिन्छ । परम्परागत मान्यतामा दुई थरी लिङ्ग बाहेकका विविध यौन विशेषता हुने व्यक्तिहरू अनतरलिङ्गी व्यक्तिहरू हुन् ।

हाल सम्म ४० भन्दा बढी प्रकारका अन्तरलिङ्गी विविधताहरू पहिचान भएका छन् जसका केही उदाहरणहरू दुबै यौनाङ्ग हुनु, अस्पष्ट यौनाङ्ग हुनु, आन्तरिक प्रजनन अङ्गमा पाठेघर र बाह्य यौनाङ्ग शिश्न हुनु, बाह्य यौनाङ्ग योनी र आन्तरिक अण्डकोष हुनु, लगायतका छन् । अन्तरलिङ्गी हुनु एउटा जैविक यौन विशेषता हो । अन्तरलिङ्गी व्यक्तिहरूको लैङ्गिक पहिचान पुरुष, महिला वा त्यस बाहेक अरु पनि हुन सक्छ । अन्तरलिङ्गी व्यक्तिहरू विषमयौनिक (स्ट्रेट), समयौनिक (गे/लेजबियन), द्वियौनिक (बाइसेक्सुअल) लगायत विविध यौन अभिमुखिकरणका हुन सक्छन् । अन्तरलिङ्गी यौन विशेषताहरू कुनै प्रकारको विकार, विकृति वा रोग होइन, यो सामान्य र प्राकृतिक जैविक विविधता हो । अन्तरलिङ्गी व्यक्तिहरूले लैङ्गिकताको हिसाबमा आफ्नो स्वःअनुभूती अनुसार पुरुष, महिला वा त्यस बाहेक भनेर चिनाउन सक्छन् । सबै अन्तरलिङ्गी व्यक्तिहरू एकै नाश हुँदैनन् वा अन्तरलिङ्गी व्यक्तिहरू यस्तै हुन्छन् यस्तै देखिन्छन् भनेर अड्कलबाजी गर्नु मिल्दैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here