ग्राहकको बिमा गर्दै एनएमबी

0
842

बिर्तामोड।

क्यान्सरसहित विभिन्न १८ वटा रोगको उपचारमा स्वास्थ्य बिमा गर्ने उद्घोष गर्दै एनएमबी बैंकले सहारा बचत खाता सञ्चालनमा ल्याएको छ ।

नयाँ वर्ष २०७६सँगै एनएमबी बैंकको बम्पर सौगात कार्यक्रम अन्तर्गत एक घर एक खाता अभियानलाई अझ परिस्कृत गर्दै अभियान स्वरुप उक्त बचत खाता सञ्चालनमा ल्याएको हो ।

सबैका लागि बचत सँधैका लागि सहारा भन्ने नारासहित एनएमबी सबैको सहारा बचत खाता सञ्चालनमा ल्याइएको शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइयो । ‘निःशुल्क खाता खोले एक सय रुपैयाँ बैंककै तर्फबाट जम्मा गरिन्छ’– एनएमबी बैंकका १ नं. प्रदेश प्रमुख उत्सव घिमिरेले भने ।
सहारा बचत खाता खोलेपछि प्रत्येक ग्राहकको अग्रिम बिमा सुरक्षण गरिने र खातावालाको दुर्घटना, मृत्यु वा अंग–भंग भएमा १० लाखसम्मको बिमा उपलब्ध गराइने बताइएको छ । उक्त खातामा सर्वाधिक ब्याजदर, निःशुल्क डिम्याट खाता, निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क इन्टरनेट बैंकिङ तथा डिलजाइट एटिएम कार्डको माध्यमबाट नेपालभरिका जुनसुकै एटिएमबाट निःशुल्क रकम झिक्न सकिने जस्ता सुविधाहरु रहेको बिर्तामोड शाखा प्रबन्धक मेघराज तिम्सिनाले जानकारी दिए ।

सन् २०१७ र २०१८मा लगातार ‘बैंक अफ दि इयर’ अवार्डबाट सम्मानित एनएमबी बैंक ग्लोबल अलायन्स फर बैंकिङ अन भ्यालुमको नेपालमा एकमात्रै सदस्य बैंक भएको तिम्सिनाले बताए । विगत २४ वर्षदेखि नेपाली वित्त क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइहरेको एनएमबी बैंक आफ्ना ग्राहकहरुलाई हाल एक सय १० शाखा सञ्जाल, चार एक्स्टेन्सन काउन्टर, ९९ एटिएम तथा अन्य वैकल्पिक बैंकिङ सुविधाहरुका माध्यमबाट विभिन्न बैंकिङ सेवाहरु प्रदान गर्दै आएको भद्रपुर शाखा प्रबन्धक प्रमोद शर्माले जानकारी दिए ।

यस बैंकमा विदेशी संयुक्त लगानी साझेदार एफएमओ, नेदरल्याण्ड्स र योङ लियान, मलेसिया रहेका छ । एफएमओ–नेदरल्याण्डस् सरकारको अन्तर्राष्ट्रियस्तरमा एएए मूल्याङ्कन भएका बैंकहरुमध्ये एक हो– बैंकका निक्षेप व्यवस्थापक प्रकाश निरौलाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here