झापा ।
राष्ट्रिय आपतकालिन उद्दार केन्द्रले पूर्वीनेपालका हिमाली क्षेत्रमा हेलिकोप्टर नउडाउन सचेत गराएको छ।
आपतकालिन उद्दार केन्द्रले शुक्रबार सामाजिक संजाल ट्विटरमार्फत एक सन्देश जारी गर्दै भारतमा आएको फानी चक्रावतको प्रभावले नेपालका पूर्वी हिमाली क्षेत्रमा हिमपात हुने र हावाहुरी चल्ने भएकाले सचेत रहन भनेको छ।
फानी नेपाल नभित्रिए पनि त्यसको प्रभाव भने नेपालमा पर्ने जानकारी दिएको छ। नेपालमा चट्याङ पर्ने, तीव्र हावाहुरी चल्ने भएकाले सचेत रहन केन्द्र सचेत गराएको छ। पश्चिमी क्षेत्रमा पनि वर्षा हुने केन्द्रले जनाएको थाहाखबरले जनाएको छ ।






























