प्रहरी भवनका लागि व्यवस्थापन समिति

0
455

खुदुनाबारी।

सशस्त्र प्रहरी बल खुदुनाबारीको व्यवस्थापन समिति गठन भएको छ ।

प्रहरी बसोबास गर्दै आएको भवन जीर्ण बन्दै गएका कारण पहिलोपटक व्यवस्थापन समिति गठन भएको हो ।

स्थानीय एक भेलामाझ युवा समाजसेवी दीपक दुलालको अध्यक्षतामा १७ सदस्यीय व्यवस्थापन समिति सर्वसम्मतिले चयन भएको छ । नवगठित समितिको उपाध्यक्षमा राजु श्रेष्ठ, सचिवमा बेश प्रमुख रहनेछन् ।

त्यस्तै कोषाध्यक्षमा महिला नेतृ मीना पन्धाक चयन भएकी छिन् । त्यस्तै सदस्यहरुमा युवराज चापागाँई, बुद्ध बराइली, याम मगर, छत्र पौडेल, ढुण्डीराज गौतम रहेका छन् । त्यस्तै जुकेखाडी, शान्ति, दहीझोडा, हलुवागढ, हचुमासा, दहालटार र सुखानी सामुदायिक वनका पदाधिकारी एक÷एक जनालाई सदस्यमा चयन गरिएको अध्यक्ष दुलालले बताए ।

बेस क्याम्प खुदुनाबारीमा बसेको सोही भेलाले सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकार समितिमा संविधान सभा सदस्य प्रेमबहादुर गिरी, अर्जुनधारा नगरपालिकाका उपमेयर कमला खतिवडा, वडाअध्यक्ष–१ गजाधर खतिवडा, २ नम्बर वडाअध्यक्ष रघुनाथ खनाल, ३ नम्बर वडाअध्यक्ष जीवन कुमार भण्डारी समाजसेवी नरबहादुर कन्दङ्वा र मेदनी चापागाँई रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here