पौडेलको नेतृत्वमा समस्या समाधानका लागि संघर्ष समिति

0
791

बिर्तामोड।

झापाको अर्जुनधारा–६स्थित लक्ष्मी माविको समस्या समाधान गर्न ३७ सदस्यीय संघर्ष समिति गठन भएको छ । शुक्रबार पूर्वविद्यार्थीको भेलाले स्थानीय युवा भीष्मराज पौडेलको संयोजकत्वमा संघर्ष समिति बनाएको बताइएको छ । संघर्ष समितिको सचिवमा विष्णुप्रसाद आचार्य रहेका छन् ।

सदस्यहरुमा बालकृष्ण सापकोटा, हरि ढुंगेल, चूडामणि भट्टराई, चन्द्र काफ्ले, हरिशचन्द्र बाँस्तोला, रमेश काफ्ले, दिवाकर पराजुली, योगेन्द्र ढुंगेल, यशोदा पौडेल, सीता ढकाल, देवकुमारी दर्नाल, यशोदा भट्टराई, श्याम निरौला, इन्द्र कडरिया, गोविन तामाङ, टंक चम्लागाँईं, वीरबहादुर राई रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा डिल्ली घोर्साई, केशव पोखरेल, प्रवीण रिमाल, विमल मेचे, टेकराज तिलिङ, यामप्रसाद ढुंगेल, चेतन भट्टराई, हेमन्त पौडेल, जीवन राई, बलबहादुर कोइराला, तिलक खनाल, सोमनाथ सिग्देल, रुपक ढुंगाना, रोशन प्रसाईं, हेमराज मिश्र, श्यामप्रसाद अधिकारी, रोजिना पाण्डे र रामप्रसाद बश्याल रहेको संयोजक पौडेलले जानकारी दिए ।

समितिले विद्यालयमा दुई वर्षभन्दा बढी समयदेखि व्यवस्थापन समिति नबनाएको जनाएको छ । जिल्ला शिक्षा समन्वय इकाइबाट भवन निर्माणका लागि भएको खर्चको हिसाब फरफारक नगरेको, अंग्रेजी माध्यमको कक्षा अकस्मात स्थगन गरेको संयोजक पौडेलले बताए ।

पौडेलका अनुसार उक्त विद्यालयका सहायक प्रधानाध्यापक घनश्याम डाँगीले कक्षा ११को परीक्षा नै नदिई प्रथम भएको र त्यसमा केन्द्राध्यक्ष प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्ताको मिलेमतो देखिएकाले गुप्ता र डाँगीलाई सात दिनभित्र विद्यालयबाट निष्काशन गर्न माग गरिएको छ । संघर्ष समितिले शुक्रबार नै अर्जुनधारा–६ वडा कार्यालयमा ज्ञापनपत्र बुझाएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here