बिर्तामोड ।

झापाको बिर्तामोडमा रहेको बिर्तामोड चिल्ड्रेन अस्पतालले वैशाख ७ गतेदेखि २१ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
समुदायमा बसोबास गर्ने आमाबाबुलाई बाल स्वास्थ्यको महत्व बुँदाउँदै उनीहरूको सहज पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनु उद्देश्यका साथ स्वास्थ्य शिविरको आयोजना गरिएको अस्पतालका प्रबन्ध निर्देशक एव्म नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. रुपक आर्चायले बताए । उनले शिविरले आर्थिक अभावले गर्दा उपचार नपाउने बालबालिकालाई ठूलो राहत मिल्ने विश्वास ब्यक्त गरे । विपन्न तथा ग्रामीण क्षेत्रबाट आउने सेवाग्राहीलाई स्थानीय तहको सिफारिसमा थप छुटको व्यवस्था गरिने समेत डा. आचार्यले जानकारी दिए ।
बालबालिकाको स्वास्थ्य परीक्षण तथा उपचार सेवा सहज रूपमा उपलब्ध गराउँदै आएको अस्पतालले शिविर अवधिभर ओपीडी सेवा निःशुल्क प्रदान गर्ने र अन्य सेवाका साथै ल्याब परीक्षणमा २० प्रतिशतसम्म छुटको व्यवस्था गर्ने अस्पतालकी प्रमुख कार्यकारी अधृति डा. सुजता मैनाली आचार्यले जानकारी दिइन् ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.आचार्यका अनुसार नवजात शिशुदेखि बालबालिकासम्मका बिरामीलाई लक्षित गरी विशेषज्ञ चिकित्सक टोलीबाट सेवा प्रदान गरिनेछ । साथै, बाल रोग तथा पोषणसम्बन्धी समस्याको पहिचान र उपचारमा विशेष ध्यान दिइने जनाइएको छ ।अस्पतालले आधुनिक उपकरणसहित २४ सै घण्टा सेवा प्रदान गर्दै आएको जानकारी दिँदै आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिने जनाएको छ ।

अस्पतालकी अध्यक्ष लीला मैनालीले स्वास्थ्यको पहुँचबाट टाढा रहेका बालबालिकाको सेवा गर्नु शिविरको मुख्य उद्धेश्य रहेको बताइन् । उनले स्वास्थ्य शिविरमा मौकाको फाइदा उठाउन आग्रह गर्दै एक पटक आफ्ना बालबालिकाको स्वास्थ्यको जाँच गराएर स्वास्थ्य प्रति सजग बन्न सबैलाई आग्रह गरिन् । उनले पत्रकारका छोराछोरीको उपचारमा पनि बिर्तामोड चिल्ड्रेलन अस्पतालले २० प्रतिशत छुट दिने प्रतिबद्धता जनाइन् ।
पत्रकार सम्मेलनमा अस्पतालका सल्लाहकार संयोजक मदनगोल सुब्वाले यो वाल स्वास्थ्यका विषयमा जानकारी लिने सुनौलो मौका भएकाले सबै अभिभवाकलाई एक पटक स्वास्थ्य शिविरमा आफ्ना नानीहरु ल्याउन आग्रह गरे ।
झापा मेडिकल हवका रुपमा परिचित भए पनि बालबालिकाको उपचारका लागि छुट्टै बाल अस्पताल नभएको अवस्थामा बिर्तामोड चिल्ड्रेन अस्पताल जिल्लाकै पहिलो चिल्डे«न अस्पताल भएको अस्पताल प्रशासनले जनाएको छ ।
अत्यधिक जापानिज प्रविधिका उपकरणसहित इको र इसीजीको समेत व्यवस्थासहित २४ सै घण्टा सेवा प्रवाह गर्दै विशेषज्ञ चिकित्सक र अनुभवी नर्सिङ स्टाफसहित सेवा प्रवाह गरिरहेको अस्पतालले शिविर अवधिभर औषधिमा पनि विशेष छुटको ब्यवस्था गरिएको जनाइएको छ ।































